
मुक्तिनाथ क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत लाभांश पारितMuktinath Capital Limited Successfully Concludes 15th Annual General Meeting
मुक्तिनाथ क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सफलतापूर्वक सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यले सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा गरेका हुन्।
वित्तीय विवरण पारित:
सभाले २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको छ।
नगद लाभांश:
सभाले क्यापिटलका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
लेखापरीक्षक नियुक्ति:
आ.व. २०८१/८२ को लेखापरीक्षणका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्दै, पारिश्रमिक पनि अनुमोदन गरिएको छ।
नियमावली संशोधन:
कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ।
Muktinath Capital Limited successfully held its 15th Annual General Meeting on Asoj 11 at Siddhartha Boutique Hotel, Boudha, Kathmandu, chaired by the company's Chairman, Samir Shekhar Bajracharya.
Key Highlights:
Approval of Financial Statements:
The meeting discussed and approved the balance sheet, profit and loss account, cash flow statement, and related schedules up to the end of Ashadh 2081.Cash Dividend:
The shareholders approved the proposal to distribute a 7.5% cash dividend (including tax) from the paid-up capital.Appointment of Auditor:
The meeting appointed Nagar Koti Susan & Associates Chartered Accountants as the auditor for fiscal year 2081/82 and approved their remuneration.Amendment of Bylaws:
A special proposal to amend the company's bylaws as necessary was passed during the meeting.




