मुक्तिनाथ क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज १० गते, ९% नगद लाभांश दिने प्रस्ताव
Author
NEPSE TRADING

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा २०८२ साल असोज १० गते आयोजना गर्ने भएको छ। साधारणसभा काठमाडौंको हत्तीसारस्थित अरन्या बुटिक होटलमा दिउँसो ४ बजे सुरु हुने कम्पनीले जनाएको छ।
साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, वित्तीय विवरण र नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन्।
साथै, सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ। आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने र अन्य आवश्यक एजेन्डाहरू समेत सभामा प्रस्तुत गरिनेछन्।
यस साधारणसभाका लागि किताब बन्द मिति भने हालसम्म तोकिएको छैन।