·

मुक्तिनाथ कृषि कम्पनीले ८% बोनस र ०.४२% नगद लाभांश प्रस्ताव — ६०% हकप्रद सेयर जारी गर्ने तयारी

Author

NEPSE TRADING

मुक्तिनाथ कृषि कम्पनीले ८% बोनस र ०.४२% नगद लाभांश प्रस्ताव — ६०% हकप्रद सेयर जारी गर्ने तयारी

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (Muktinath Krishi Company Limited – MKCL) ले आफ्ना शेयरधनीहरूका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समिति बैठक असोज २४ गते, २०८२ मा दिउँसो ३:३० बजे बसेर सो निर्णय गरेको हो। सो निर्णय अनुसार कम्पनीले हालको रु. ७० करोड चुक्ता पुँजीका आधारमा कुल ८.४२ प्रतिशत लाभांश, अर्थात् रु. ५ करोड ८९ लाख बराबरको रकम वितरण गर्नेछ।

यसअन्तर्गत ८% बोनस सेयर (रु. ५ करोड ५९ लाख बराबर) र ०.४२% नगद लाभांश (रु. २९ लाख ४७ हजार) वितरण गरिनेछ। नगद लाभांश कर प्रयोजनका लागि प्रयोग गरिनेछ।

बोनस सेयर वितरणपछि कम्पनीले १:०.६० अनुपात (६०%) मा हकप्रद सेयर जारी गर्ने तयारी समेत गरेको छ। बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी रु. ७५ करोड ५९ लाख पुग्नेछ।

कम्पनीले उक्त प्रस्ताव स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभा (AGM) बोलाएको छ, जसको मिति कात्तिक २१ गते, २०८२ तय गरिएको छ।
सभा सिल्भर ओक बैंक्वेट, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ।

कम्पनीले कात्तिक १४ गतेलाई बुक क्लोज मिति तोकेको छ। सो मितिभन्दा अगाडि शेयर कायम भएका शेयरधनीहरू लाभांश पाउने र AGM मा सहभागी हुन योग्य हुनेछन्।

Related News