
Top
1 min read
NEPSE TRADING
नासा सेक्युरिटिजद्वारा After Market Order सुविधा सुरु, लगानीकर्ताका लागि सेयर कारोबार अझ सहज र लचकNaasa Securities Introduces After Market Order Facility, Making Stock Trading More Flexible and Accessible for Investors
नेपालको अग्रणी स्टक ब्रोकरेज कम्पनी नासा सेक्युरिटिज कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूका लागि Naasa X वेब प्लेटफर्ममार्फत नयाँ “After Market Order (AMO)” सुविधा सुरु गरेको घोषणा गरेको छ । यस सुविधाले लगानीकर्तालाई नियमित कारोबार समय बाहिर पनि सेयर किनबेच अर्डर राख्न सक्ने सुविधा प्रदान गर्नेछ, जसले बजारमा सहभागिता थप लचक र सहज बनाउने विश्वास गरिएको छ । Nepal Stock Exchange (NEPSE) को कारोबार समय बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म सीमित रहने भए पनि अब ग्राहकहरूले उक्त समय अघि वा पछि अर्डर राख्न सक्नेछन्, जुन अर्को कारोबार दिन बजार खुल्दा स्वचालित रूपमा कार्यान्वयन हुनेछ। लगानीकर्ताले क्लोजिङ प्राइसको १५ प्रतिशत माथि वा तल अर्डर राख्न सक्ने व्यवस्था गरिएको छ भने अर्डर म्याच नभएमा स्वतः खारेज हुनेछ। विशेषगरी विदेशमा रहेका नेपाली, व्यस्त पेशाकर्मी तथा समय अभाव भएका लगानीकर्ताका लागि यो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई पूँजी बजारलाई थप समावेशी, पहुँचयोग्य र आधुनिक बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ, र भविष्यमा मोबाइल एपमा समेत विस्तार गर्ने योजना बनाएको जनाएको छ। साथै, यो सुविधा लागू गर्नु अघि Securities Board of Nepal (SEBON) तथा NEPSE बाट स्वीकृति प्राप्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
Nepal’s leading brokerage firm Naasa Securities Company Limited has announced the launch of a new “After Market Order (AMO)” feature through its Naasa X web platform, enabling clients to place buy and sell orders outside regular trading hours. This new functionality is expected to provide greater flexibility and convenience for investors. While the trading hours of the Nepal Stock Exchange (NEPSE) run from 10:30 AM to 3:00 PM (Nepali time), clients can now place orders before and after these hours, which will be automatically executed at the opening of the next trading day based on prevailing market conditions. Investors can place orders within a range of 15% above or below the closing price, and unmatched orders will be automatically canceled. The feature is particularly beneficial for Nepali investors living abroad, busy professionals, and individuals unable to trade during regular hours. The company believes this initiative will make Nepal’s capital market more accessible, inclusive, and efficient, with plans to extend the feature to mobile applications in the future. The feature was introduced after receiving approval from regulatory bodies including the Securities Board of Nepal (SEBON) and NEPSE.




