नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) लाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। बैंकले १ बराबर १ अनुपातमा हकप्रद शेयर ल्याउन पाउने भएको हो।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्कासन गर्न साउन १५ गते बोर्डबाट स्वीकृति प्राप्त गरेको हो। यसले कुल २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको हकप्रद शेयर बजारमा ल्याउनेछ।
उक्त हकप्रद शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले लिएको छ। शेयर निष्कासनको प्रक्रिया र मिति कम्पनीले चाँडै सार्वजनिक गर्नेछ।





