
(NABBC)नारायणी डेभलपमेन्ट बैंकलाई १:१ अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति(NABBC) Narayani Development Bank Gets Approval to Issue 1:1 Rights Shares
नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) लाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। बैंकले १ बराबर १ अनुपातमा हकप्रद शेयर ल्याउन पाउने भएको हो।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्कासन गर्न साउन १५ गते बोर्डबाट स्वीकृति प्राप्त गरेको हो। यसले कुल २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको हकप्रद शेयर बजारमा ल्याउनेछ।
उक्त हकप्रद शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले लिएको छ। शेयर निष्कासनको प्रक्रिया र मिति कम्पनीले चाँडै सार्वजनिक गर्नेछ।
The Securities Board of Nepal (SEBON) has granted approval to Narayani Development Bank Limited (NABBC) to issue rights shares in a 1:1 ratio.
The bank received approval on Shrawan 15 to issue a total of 2,624,677 units of rights shares at a par value of NPR 100 per share, amounting to NPR 262.46 million in total.
Global IME Capital Limited has been appointed as the issue and sales manager for this rights offering. The bank is expected to announce the issue date and further details soon.




