·

नबिल बैंकद्वारा ‘नबिल दिगो बचत खाता’ सुरु

Author

NEPSE trading

नबिल बैंकद्वारा ‘नबिल दिगो बचत खाता’ सुरु

नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रणलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित बैंकिङ क्षेत्रमा नवीन र प्रभावकारी ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ। नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा यो बचत खाता दिगो विकास र दिगो बैंकिङको दृष्टिकोणअनुरूप सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यो योजनाअन्तर्गत ग्राहकले पाउने नियमित ब्याजदरबाहेक जम्मा भएको कुल निक्षेपको वार्षिक ०.५ प्रतिशत रकम बैंकले कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि प्रत्यक्ष रूपमा खर्च गर्नेछ। बैंकका अनुसार यो रकम वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रवद्र्धन, फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा र सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूलका कार्यक्रमहरूमा लगानी गरिनेछ।

यसैगरी, ‘नबिल दिगो बचत खाता’मा अर्धवार्षिक रूपमा औसत ५० हजार रुपैयाँ मौज्दात राख्ने ग्राहकको नाममा टोकनस्वरूप एकपटक वृक्षरोपण गरिने बैंकले बताएको छ। यो पहलले पर्यावरण संरक्षण र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Related News