NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nabil Bank Reports Stable Q1 Results: Profit Declines but Asset Quality Strengthens
    नवील बैंकको पहिलो त्रैमासिक नतिजा स्थिर, नाफा घटेपनि परिसम्पत्तिको गुणस्तरमा सुधार
    Top
    1 min read
    Published on November 6, 2025
    NEPSE TRADING

    नवील बैंकको पहिलो त्रैमासिक नतिजा स्थिर, नाफा घटेपनि परिसम्पत्तिको गुणस्तरमा सुधारNabil Bank Reports Stable Q1 Results: Profit Declines but Asset Quality Strengthens

    काठमाडौँ — नवील बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको नतिजा अघिल्लो वर्षको तुलनामा केही घटेको छ। असोज मसान्तसम्म बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ५ करोड रुपैयाँभन्दा १४.५७ प्रतिशतले कम हो।

    ब्याज आम्दानी घट्दा बैंकको कुल आम्दानीमा गिरावट आएको छ। खूद ब्याज आम्दानी ५.७७ प्रतिशतले घट्दै ३ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। ब्याजदरमा आएको कमी र कर्जा प्रवाह सुस्त हुँदा यस्तो भएको हो। तर, शुल्क तथा कमिसन आम्दानी ६.२९ प्रतिशतले बढ्दै ७९ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसले बैंकको सञ्चालन आम्दानीलाई केही सघाएको छ। यद्यपि, सञ्चालन आम्दानी १.०३ प्रतिशतले घटेर ५ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ र सञ्चालन नाफा पनि १०.८४ प्रतिशतले घट्दै २ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ।

    निक्षेप र कर्जा वृद्धि सन्तोषजनक देखिएको छ। बैंकको निक्षेप ५५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको अन्त्यको तुलनामा ६.१० प्रतिशतले बढी हो। त्यस्तै, कर्जा प्रवाह १.९९ प्रतिशतले बढेर ४२१ अर्ब रुपैयाँ पुगेको छ।

    वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ र प्रतिशेयर आम्दानी (EPS) २५ रुपैयाँ ९७ पैसा रहेको छ, जुन अघिल्लो वर्षको २९ रुपैयाँ ८३ पैसाभन्दा घटेको हो। तर, वितरणयोग्य EPS भने ३० रुपैयाँ १५ पैसा पुगेको छ, जसले भविष्यमा लाभांश वितरण क्षमतामा सुधारको संकेत गर्छ।

    बैंकको नेटवर्थ प्रतिशेयर २४० रुपैयाँ ७२ पैसा पुगेको छ। पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १२.६७ प्रतिशतमा स्थिर छ। निष्क्रिय कर्जा (NPL) १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा पुगेको छ, जसले बैंकको परिसम्पत्ति गुणस्तर सुधार भएको देखाउँछ। बेस रेट ५.५८ प्रतिशत र स्प्रेड रेट ३.५१ प्रतिशत रहेको छ।

    समग्रमा, नवील बैंकले निक्षेप र कर्जामा स्थिर वृद्धि र परिसम्पत्ति गुणस्तरमा सुधार देखाएको छ। यद्यपि ब्याज आम्दानीमा आएको कमीका कारण नाफामा दबाब परेको छ। आगामी त्रैमासमा ब्याजदर र कर्जा प्रवाहमा सुधार आए बैंकको लाभांश वितरण क्षमता अझ मजबुत हुने अनुमान गरिएको छ।

    Kathmandu — Nabil Bank Limited has reported a slight decline in profit for the first quarter of fiscal year 2082/83 compared to the same period last year. As of the end of Ashoj, the bank earned a net profit of NPR 1.75 billion, a 14.57% decrease from NPR 2.05 billion in the previous year.

    The decline in interest income led to an overall reduction in total income. The bank’s net interest income fell by 5.77% to NPR 3.09 billion from NPR 4.14 billion a year earlier. This was mainly due to lower lending rates and slower credit expansion. However, net fees and commission income rose by 6.29% to NPR 798.7 million, offering partial support to total operating income, which nonetheless fell by 1.03% to NPR 5.27 billion. Operating profit declined by 10.84% to NPR 2.58 billion.

    In terms of balance sheet growth, customer deposits reached NPR 556.61 billion, up by 6.10% from the previous year’s end, while loans increased by 1.99% to NPR 421 billion.

    The bank’s distributable profit stood at NPR 5.63 billion, while earnings per share (EPS) fell to NPR 25.97 from NPR 29.83. Interestingly, distributable EPS improved to NPR 30.15, suggesting stronger long-term payout potential.

    Nabil Bank’s net worth per share reached NPR 240.72, and its capital adequacy ratio remained steady at 12.67%. Notably, its non-performing loan (NPL) ratio improved to 0.97% from 1.42%, showing enhanced asset quality. The base rate dropped to 5.58%, with an interest spread of 3.51%, indicating easing interest rate conditions in the market.

    Overall, Nabil Bank has maintained stability in deposits and credit growth while improving asset quality. However, pressure on interest income led to lower profitability. Analysts expect that a rebound in lending activities and interest rates in the coming quarters could strengthen its dividend distribution capacity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026