सत्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२४ गते)
यस कम्पनीको मिति २०८३/०५/१८ मा बसेको सञ्चालक समितिको १३१औं बैठकको निर्णयानुसार यस कम्पनीको सत्रौं वार्षिक साधारण सभा देहायका विषयहरूमा छलफल तथा निर्णय गर्न निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा बस्ने मिति, समय र स्थान :
मिति : २०८३ साल आश्विन २० गते (तदनुसार अक्टोबर ०६, २०२६), मंगलबार ।
समय : बिहान ११:०० बजे ।
स्थान : सेन्ट्रल प्लाजा - तेस्रो तल्ला, नारायणचौर, नक्साल, काठमाडौँ ।
छलफलका विषयहरू :
(क) सामान्य प्रस्तावहरू :
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित ११.०५२६३१५८ प्रतिशतले हुने रकम रु.४,४७,६३,१५७/८९ (अक्षेरुपी चार करोड सच्चालिस लाख एक सय सन्ताउन्न रुपैयाँ पैसा उन्नानअसी मात्र) नगद लाभांश स्वीकृत गर्ने ।
- कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- अन्य
(ख) विशेष प्रस्तावहरू :
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशतले हुने रकम रु.४,०५,००,०००/- (अक्षेरुपी चार करोड पाँच लाख रुपैयाँ मात्र) बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।
- कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरू स्वीकृत गर्ने ।
- प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रियामा नियमनकारी निकाय/कार्यालयबाट कुनै फेरबदल/परिमार्जन गर्न वा मिलाउन सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
(ग) विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
वार्षिक साधारणसभा सम्बन्धी अन्य जानकारी :
- वार्षिक साधारणसभा प्रयोजनार्थ मिति २०८३/०६/०८ गते एक दिन शेयर दर्ता किताब बन्द (Book Close) रहनेछ ।
- साधारण सभाको हुने दिन सभामा उपस्थितिका लागि हाजिर पुस्तिका बिहान १०:०० बजेदेखि खुल्ला रहने छ ।
- प्रतिनिधि नियुक्ति गर्न चाहने शेयरधनीहरूले आफ्नो सम्पूर्ण शेयरको प्रतिनिधि एउटै व्यक्ति हुने गरी प्रतिनिधि मनोनयनपत्र मिति २०८३ आश्विन १६ गते कार्यालय समयभित्र यस कम्पनीमा भौतिक/विद्युतीय माध्यम मार्फत दर्ता गराई सक्नु पर्नेछ ।
- साधारण सभा सम्बन्धी थप जानकारीको लागि कम्पनीको सेन्ट्रल प्लाजा, नारायणचौर, नक्साल, काठमाडौँ स्थित कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।



