
नाडा अटो शो २०२५: सस्तो ब्याजदरमा सवारी कर्जा दिने बैंकहरुको घोषणाNADA Auto Show 2025: Banks Announce Auto Loans at Competitive Interest Rates
नाडा अटो शो २०२५ मा आधा दर्जनभन्दा बढी बैंकले सवारी साधन खरिद गर्न इच्छुक ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा दिने घोषणा गरेका छन्। यी बैंकहरुमा एनएमबी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंक समावेश छन्।
नाडा अटो शो २०२५ को अवसरमा यी बैंकहरुले आफ्ना स्टलहरु राखेर ग्राहकलाई आफ्ना सेवाहरुको जानकारी दिएका छन्। एनएमबी बैंकले विद्युतीय सवारी खरिदमा ७.१३ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ भने ५ वर्षको कर्जामा ८.८९ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदरमा ६.२३ प्रतिशतमा अटो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ।
नबिल बैंकले न्यूनतम ६.७४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ भने ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ। यस बैंकले ५ वर्षको कर्जा अवधिका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदर योजना पनि ल्याएको छ।
नेपाल एसबीआई बैंकले ६.९९ प्रतिशत ब्याजदरमा ३ वर्षदेखि ७ वर्षसम्म कर्जा प्रदान गर्ने जनाएको छ। लक्ष्मी सनराइज बैंकले ७ वर्षको कर्जा अवधि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउनेछ भने हिमालयन बैंकले ७.५७ प्रतिशत ब्याजदरमा ८ वर्षका लागि कर्जा दिने छ। सानिमा बैंकले विद्युतीय सवारी किन्न ७.४९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने छ।
यस पटकको नाडा अटो शोमा बैंकहरुले आकर्षक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराएर ग्राहकलाई थप सस्तो र सुविधाजनक ऋण योजना प्रस्ताव गरेका छन्।
At the NADA Auto Show 2025, more than half a dozen banks have announced offering auto loans to customers purchasing vehicles at competitive interest rates. The banks include NMB Bank, Sanima Bank, Nepal SBI Bank, Agricultural Development Bank, Nabil Bank, Global IME Bank, Himalayan Bank, and Laxmi Sunrise Bank.
These banks have set up stalls at the NADA Auto Show venue to provide information about their services. NMB Bank will offer loans at an interest rate of 7.13% for electric vehicles, and a 5-year loan will be available at an interest rate of 8.89%. Agricultural Development Bank is offering the lowest interest rate at 6.23% for auto loans.
Nabil Bank will provide loans at a minimum interest rate of 6.74%, while Global IME Bank will offer loans at 6.99% interest. The bank has also introduced a fixed-rate plan at 8.25% for a 5-year loan.
Nepal SBI Bank will offer loans at 6.99% interest, with loan terms ranging from 3 to 7 years. Laxmi Sunrise Bank is offering auto loans at a fixed rate of 7.99% for a 7-year term, while Himalayan Bank will provide loans at 7.57% for an 8-year term. Sanima Bank will offer loans for electric vehicles at a fixed interest rate of 7.49%.
This year’s NADA Auto Show sees banks offering attractive interest rates on auto loans, providing customers with more affordable and convenient financing options.




