नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आगामी पुस १७ गते शुक्रबार सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको १५५ औँ बैठकले नयाँ बानेश्वरस्थित आफ्नै सभाहलमा अपराह्न ३:३० बजे सभा बोलाउने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्नेछ। यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने तथा सम्बद्ध संस्थाहरूसँग भएका कारोबार स्वीकृत गर्ने सामान्य प्रस्तावहरू सभामा पेस हुनेछन्।
विशेष प्रस्तावतर्फ कम्पनीको नियमावलीको नियम ३२ मा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायको सुझावअनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने एजेन्डा राखिएको छ। साथै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्तावसमेत पारित गरिने कम्पनीले जनाएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते एक दिन सेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ८ गतेसम्म सेयर लगत दर्ता किताबमा कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।
Kathmandu — Nagarik Stock Dealer Company Limited has convened its 7th Annual General Meeting (AGM) for Friday, Poush 17. The 155th meeting of the company's Board of Directors, held on Mangsir 7, decided to hold the assembly at its own conference hall in New Baneshwor starting at 3:30 PM.
The assembly will deliberate on and endorse the annual report for the fiscal year 2082/83, along with the auditor's report, balance sheet, profit and loss account, and cash flow statement. Other ordinary proposals on the agenda include appointing an external auditor and fixing their remuneration for the current fiscal year 2083/84, approving the appointment of directors, and endorsing transactions conducted with affiliated institutions.
Under special proposals, the meeting will amend Rule 32 of the company's Articles of Association and grant full authority to the Board of Directors to make any further modifications directed by regulatory bodies. Additionally, the company stated that expenses incurred under Corporate Social Responsibility (CSR) during the last fiscal year will also be approved.
For the purpose of the AGM, the company has decided to close its shareholder register (book closure) for one day on Poush 9. Accordingly, only shareholders maintained in the company's share register up to Poush 8 will be eligible to participate in the assembly.