काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ। छ दिन चलेको प्रदर्शनीमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको आयोजकले जनाएको छ।
आयोजकले डेढ लाखभन्दा बढी दर्शक आउने अनुमान गरेकोमा सहभागिता अपेक्षाभन्दा बढी भएको हो। पाँचौं दिन मात्रै ४२ हजारभन्दा बढी र समापनका दिन ३० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए।
एक्स्पोमा विद्युतीय सवारी, हाइब्रिड प्रविधि, ब्याट्री तथा आधुनिक मोबिलिटी समाधानप्रति विशेष चासो देखिएको थियो। नयाँ सवारी प्रदर्शनसँगै वित्त, बीमा, कृत्रिम बुद्धिमत्ता, ब्याट्री रिसाइकल, लगानी, शिक्षा, सीप र उद्यमशीलतासम्बन्धी छलफलसमेत आयोजना गरिएको थियो।
आयोजकका अनुसार प्रदर्शनीमा भएको उच्च सहभागिता र सवारीसाधनप्रतिको राम्रो ‘इन्क्वायरी’ तथा बुकिङले नेपाली अटोमोबाइल बजारमा उपभोक्ताको चासो कायमै रहेको संकेत गरेको छ। आगामी संस्करणलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीसमेत गरिएको छ।
The NAIMA Nepal Mobility Expo 2026 concluded in Kathmandu with more than 180,000 visitors, exceeding the organisers’ initial expectations. The six-day event featured over 55 brands and saw the launch of 53 new products.
Organisers had expected more than 150,000 visitors, but turnout surpassed the target. More than 42,000 people visited the expo on the fifth day alone, while over 30,000 attended on the closing day.
Electric vehicles, hybrid technology, battery solutions and other modern mobility products drew strong public interest. Alongside vehicle displays, the expo also hosted discussions on finance, insurance, artificial intelligence, battery recycling, investment, education, skills and entrepreneurship.
Organisers said the high turnout, strong inquiries and vehicle bookings reflected continued consumer interest in Nepal’s automobile and mobility sector. NAIMA said future editions would be expanded with greater focus on technology, industry collaboration and visitor experience.