·

नारायणी डेभलपमेन्ट बैंकका ६ लाख २१ हजार हकप्रद नबिकेका शेयर लिलाम बिक्रीमा, भोलिदेखि आवेदन खुल्ने

Author

NEPSE TRADING

नारायणी डेभलपमेन्ट बैंकका ६ लाख २१ हजार हकप्रद नबिकेका शेयर लिलाम बिक्रीमा, भोलिदेखि आवेदन खुल्ने

नारायणी डेभलपमेन्ट बैंकले नबिकेका ६ लाख २१ हजार ६ सय ६ वटा हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ। बैंकले बुधबार प्रकाशित सूचनामा संस्थापक तर्फका ६,०३,१६२ कित्ता र सर्वसाधारण तर्फका १८,४४४ कित्ता हकप्रद शेयर नबिकेपछि लिलाम प्रक्रियामा लैजान लागेको जनाएको हो।

लिलाम शेयरका लागि प्रति शेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक आवेदकले भोलिदेखि (मंसिर ११ गते, बिहीबार) देखि मंसिर २५ गते सम्म बोलपत्र मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लिलाम शेयर खरिदका लागि बोलपत्र फाराम ग्लोबल आईएमई क्यापिटलको निम्न शाखाहरूबाट प्राप्त गर्न सकिने छ:

  • नक्साल, काठमाडौं

  • विराटनगर

  • आदर्शनगर

  • वीरगञ्ज

  • हेटौंडा

  • नारायणगढ

  • न्यूरोड, काठमाडौं

  • पोखरा

  • बुटवल

  • सुर्खेत

  • धनगढी

बोलपत्र फाराम यिनै शाखाहरूमा बुझाउन समेत सकिने बैंकले जनाएको छ।

न्यूनतम मूल्य तोकिएको भए पनि आवेदकले आफूले तिर्ने दर उल्लेख गर्नुपर्ने र उच्च दर प्रस्ताव गर्ने आवेदकलाई प्राथमिकता दिइनेछ। लिलाममा सहभागी हुन चाहने लगानीकर्ताका लागि यो अवसर निकै महत्वपूर्ण मानिएको छ।

Related News