NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Narayani Development Bank to Issue 100% Rights Shares from Ashoj 2
    नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर असोज २ गतेदेखि खुला
    Investor
    1 min read
    Published on August 31, 2025
    NEPSE TRADING

    नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर असोज २ गतेदेखि खुलाNarayani Development Bank to Issue 100% Rights Shares from Ashoj 2

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यस अन्तर्गत हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर जारी हुनेछ।

    यस क्रममा बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुनेछ। हकप्रद प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा शेयरधनी बनेकाहरूले आवेदन दिन सक्नेछन्। आवेदन असोज २२ गतेसम्म दिन सकिने व्यवस्था छ।

    यस निष्काशनलाई इक्रा नेपालले इक्राएनपी इश्युअर रेटिङ्ग सी प्लस (ICRA NP IRR C+) प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई दिइएको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय र विभिन्न शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत र ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

    हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि चुक्ता पूँजी दोब्बर वृद्धि भई ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

    बैंकले हकप्रदमार्फत संकलित रकमलाई धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्ने तथा भौतिक पूर्वाधार विकास र शाखा विस्तारमा प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ।

    Narayani Development Bank Limited (NABBC) has announced that it will open the issuance and sale of 100% rights shares starting from Ashoj 2. Under this plan, the bank will issue rights shares in the ratio of 1:1, meaning one new share for every existing share.

    The bank will issue 2,624,676 rights shares at a par value of Rs. 100 each, amounting to a total of Rs. 262,467,600. For this purpose, the bank had already declared a book closure on Bhadra 9. Therefore, only those shareholders who held shares traded until Bhadra 8 are eligible to apply. Applications will remain open until Ashoj 22.

    For the rights issue, ICRA Nepal has assigned the bank a rating of ICRA NP Issuer Rating C+, indicating a high risk regarding the bank’s capacity to meet its financial obligations on time.

    The issue manager for the rights offering is Global IME Capital Limited. Investors can apply through the issue manager, Global IME Bank’s Bhumi, Nawalparasi branch, Narayani Development Bank’s central office and its various branches, as well as through ASBA member banks and financial institutions. Applications can also be submitted online via the Mero Share platform of CDS and Clearing Limited.

    Currently, the bank’s paid-up capital stands at Rs. 262,467,600. After the rights issue, the paid-up capital will double to Rs. 524,935,200.

    The bank plans to utilize the collected funds for investments in securities, government bonds, and mutual funds, as well as for infrastructure development and branch expansion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026