NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NASA Securities Launches 'NASA X', A New Era of Tech-Driven Stock Trading Begins
    नासा सेक्युरिटिजले ‘नासा एक्स’ प्रणाली ल्यायो, शेयर कारोबारमा आधुनिकता
    Investor
    1 min read
    Published on June 8, 2025
    NEPSE trading

    नासा सेक्युरिटिजले ‘नासा एक्स’ प्रणाली ल्यायो, शेयर कारोबारमा आधुनिकता NASA Securities Launches 'NASA X', A New Era of Tech-Driven Stock Trading Begins

    नेपाली शेयर बजारमा डिजिटल कारोबारलाई अझ सशक्त बनाउन नासा सेक्युरिटिजले नयाँ प्रविधियुक्त कारोबार प्रणाली ‘नासा एक्स’ सार्वजनिक गरेको छ। ब्रोकर नम्बर ५८ अन्तर्गत सञ्चालनमा रहेको नासा सेक्युरिटिजले आइतबार राजधानीको दरबारमार्गस्थित आफ्नो केन्द्रीय कार्यालयबाट यस प्रणालीको औपचारिक सुरुवात गरेको हो।

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उक्त कारोबार प्रणालीको उद्घाटन गरेका थिए। कार्यक्रमको दौरान श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप सहज र भरपर्दो सेवा दिनु बजारको आवश्यकता भएको उल्लेख गरे।

    नयाँ प्रणालीमार्फत लगानीकर्ताले अब कोल्याट्रल (धितो) तत्काल राख्न वा झिक्न सक्ने सुविधा पाउनेछन्। कम्पनीका प्रवन्ध सञ्चालक मदन पौडेलका अनुसार, ‘नासा एक्स’ प्रयोग गर्नेमध्ये चार लाखभन्दा बढी लगानीकर्ताले रियल टाइममा बजार अपडेट, कारोबार स्थिति, र ट्रान्जेक्सन जानकारी सजिलैसँग प्राप्त गर्न सक्नेछन्।

    नासा एक्समा प्रयोगकर्तामैत्री इन्टरफेसमार्फत ‘इन-चार्ट अर्डरिङ’ सुविधा उपलब्ध गराइएको छ। यसको अर्थ लगानीकर्ताले चार्टमै विश्लेषण गरी त्यहींबाट सिधै सेयर खरिद/बिक्री आदेश प्रविष्ट गर्न सक्नेछन्। यसले पहिलेको झन्झटिलो प्रक्रिया—अलग्गै टीएमएसमा अर्डर हाल्नुपर्ने—बाट छुट दिनेछ।

    यो प्रणालीमा रियल टाइम इन्फर्मेसन ड्यासबोर्ड, एकल साइन–इन प्रणाली, ग्राहकले आफैं रकम झिक्न सक्ने व्यवस्था, र च्याटबोटमार्फत समस्या समाधान जस्ता सुविधा उपलब्ध छन्। साथै, वेबसाइटमार्फत ‘ट्रेडिङ स्कूल’ नामक निःशुल्क प्लेटफर्म पनि सञ्चालनमा ल्याइएको छ, जसले नयाँ र अनुभवी दुवै लगानीकर्तालाई वित्तीय साक्षरता बढाउन सहयोग पुर्‍याउनेछ।

    कम्पनीले दाबी गरेको छ कि ‘नासा एक्स’ नेपालमा पहिलोपटक चार्ट बेस्ड ट्रेडिङ प्लेटफर्मको सुरुवात हो, जुन अन्तर्राष्ट्रिय स्तरका कारोबार अभ्याससँग मेल खाने प्रविधि हो।

    लगानीकर्ताको हितमा केन्द्रित यस प्रणालीले अबको दिनमा डिजिटल कारोबारलाई थप पारदर्शी, छरितो र प्रयोगमैत्री बनाउने अपेक्षा गरिएको छ।

    In a significant move toward digital transformation in Nepal’s stock market, NASA Securities (Broker No. 58) has officially launched a cutting-edge trading system named ‘NASA X’. The unveiling took place on Sunday at the company’s central office located in Lalkolony Marg, Durbar Marg.

    The platform was inaugurated by Santosh Narayan Shrestha, Chairman of the Securities Board of Nepal (SEBON), who emphasized the importance of integrating advanced technologies to make stock trading more accessible, transparent, and investor-friendly.

    According to Managing Director Madan Paudel, the new NASA X platform allows investors to instantly deposit or withdraw collateral and access real-time market updates. Over 400,000 investors are expected to benefit from this seamless, efficient, and secure trading experience.

    One of the key innovations introduced is in-chart trading, where users can analyze charts and place buy/sell orders directly from the same interface — eliminating the need to switch to a separate TMS system to place trades.

    NASA X comes equipped with a real-time information dashboard, single sign-on for account details and KYC, instant cash withdrawal, and a chatbot support system for feedback and issue resolution. Additionally, the platform includes a free ‘Trading School’ hosted on NASA’s official website to promote financial literacy among all users.

    The company claims that this is Nepal’s first platform to introduce chart-based trading input — a feature widely used in global stock markets — and it marks a major leap toward modernizing capital market infrastructure.

    With investor empowerment at its core, NASA X aims to redefine the digital trading experience by making it faster, smarter, and more intuitive for Nepalese traders.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026