
Top
1 min read
NEPSE TRADING
देशभर राष्ट्रिय आर्थिक गणना सुरु, ७७ जिल्लामा तथ्याङ्क सङ्कलन अभियान तीव्रNational Economic Census Begins Nationwide Across Nepal, Data Collection Intensifies in All 77 Districts
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज (वैशाख २ गते) देखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ । आर्थिक नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा रोजगारी विश्लेषणका लागि आवश्यक आधार तयार गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानलाई कार्यालयले मुलुकको समग्र आर्थिक निर्णय प्रक्रियाको ‘मेरुदण्ड’ का रूपमा लिएको छ । प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलका अनुसार ७७ वटै जिल्लामा ८४ वटा गणना कार्यालयमार्फत उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी तथा सार्वजनिक–निजी सबै आर्थिक एकाइहरूको विवरण सङ्कलन गरिनेछ। कूटनीतिक निकाय, सुरक्षा निकाय र घरायसी प्रयोजनका गतिविधिहरू भने यस गणनामा समावेश गरिएको छैन । यसअघि २०७५ सालमा गरिएको गणनामा करिब ९ लाख २३ हजार प्रतिष्ठान र ३२ लाख रोजगारी देखिएको थियो । यस पटक स्थलगत गणना असार ७ गतेसम्म चल्नेछ भने प्रारम्भिक प्रतिवेदन आगामी आर्थिक वर्षको सुरुवातमै प्रकाशित गर्ने तयारी गरिएको छ। साथै, व्यवसायीहरूका लागि ‘ई–सेन्सस’ मार्फत विद्युतीय विवरण बुझाउने व्यवस्था पनि गरिएको छ ।
The National Statistics Office has launched the nationwide field data collection for the ‘National Economic Census’ starting today (Baisakh 2). The campaign aims to provide a strong foundation for economic policymaking, planning, investment promotion, and employment analysis, and is described by officials as the “backbone” of national economic decision-making. According to Chief Statistician Dr. Kamal Prasad Pokhrel, census offices have been established across all 77 districts, with a total of 84 offices to cover all economic units including industries, trade, services, cooperatives, and both public and private enterprises. Diplomatic missions, security agencies, and household-only activities are excluded from the survey. In the previous census conducted in 2018, around 923,000 establishments and approximately 3.2 million jobs were recorded. The current field operation will continue until Asar 7, with preliminary reports expected at the beginning of the next fiscal year. The office has also introduced an ‘e-census’ system allowing businesses to submit data electronically.




