
Top
1 min read
NEPSETRADING
बर्खायाममा बढी हुने ५०० मेगावाट बिजुली भारतमा निर्यात गर्न बोलपत्र आह्वानNEA Calls for Bids to Export 500 MW Surplus Electricity to India During Monsoon
नेपाल विद्युत् प्राधिकरणले आगामी बर्खायाममा (असार–साउन) बढी हुने करिब ५०० मेगावाट बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, बर्खायाममा नदीनालामा पानीको बहाव बढ्ने भएकाले जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन्छ र यस समयमा अतिरिक्त बिजुली भारतीय बजारमा बिक्री गर्ने तयारी अघि बढाइएको छ।प्राधिकरणले अन्तर्राष्ट्रिय कम्पनीलाई ५०० मेगावाट बिक्रीका लागि बोलपत्र पेश गर्न आगामी चैत मसान्तसम्म म्याद दिएको छ। शाक्यका अनुसार, बोलपत्रको प्रक्रिया पूरा भएपछि मात्र पीपीए (Power Purchase Agreement) गर्ने बाटो खुल्नेछ।नेपालमा हाल कुल जडित क्षमता ४ हजार मेगावाटभन्दा बढी पुगेको छ, तर हिउँदयाम सुरु भएसँगै नदीनालामा पानीको कमी हुने भएकाले विद्युत् उत्पादन घटेर लगभग ३ हजार मेगावाटमा सीमित छ। पछिल्ला वर्षहरूमा बर्खायाममा नेपालले ४००–७०० मेगावाटसम्म बिजुली निर्यात गर्दै आएको छ भने औसतमा भारतीय बजारमा १,१०० मेगावाट बिजुली निर्यात भइसकेको छ। प्राधिकरणले भने बर्खायाममा बढी भएको बिजुली निर्यात गर्ने लक्ष्यअनुसार टेन्डर प्रक्रिया अघि बढाएको छ।
Nepal Electricity Authority (NEA) has invited international bids to sell about 500 MW of electricity that will be surplus during the upcoming monsoon season (Asar–Shrawan). According to NEA Executive Director Hitendra Dev Shakya, the increased water flow in rivers during the monsoon will allow hydropower plants to operate at full capacity, enabling the sale of surplus electricity to the Indian market.The authority has set the deadline for international companies to submit bids until the end of Chaitra. Shakya stated that only after the bidding process is completed will the Power Purchase Agreement (PPA) for export be finalized.Currently, Nepal has an installed electricity capacity of over 4,000 MW, but production drops to around 3,000 MW during the dry season due to reduced river flow. In recent years, Nepal has exported between 400–700 MW of electricity during the monsoon, with an average export of 1,100 MW to India. The authority has initiated the tender process in advance to sell the surplus electricity generated during the monsoon season.




