
नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन अल्टिमेटमNEA Issues Ultimatum to Clear Dedicated & Trunk Line Dues
नेपाल विद्युत प्राधिकरण (नेपा) ले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत लिएका उपभोक्ताहरुलाई बक्यौता बुझाउन कात्तिक १७ गतेसम्मको अन्तिम म्याद तोकेको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आइतबार सूचना प्रकाशित गर्दै बक्यौता महशुल तोकिएको समयमा नबुझाउने उपभोक्तामाथि कारबाही हुने चेतावनी दिएको हो। सो सूचना प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको निर्णयअनुसार प्रकाशित गरिएको उल्लेख छ।
किस्ताबन्दीको सुविधा
प्राधिकरणले बक्यौता रकम एकैपटक बुझाउन नसक्ने उपभोक्ताहरुलाई अधिकतम २८ महिनासम्म मासिक किस्ताबन्दीको सुविधा दिने जनाएको छ।
कारबाहीको चेतावनी
“तोकिएको समय सीमाभित्र बक्यौता बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कारबाही हुनेछ,” प्राधिकरणले चेतावनी दिएको छ।
अघिल्लो निर्णय बदर
डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेबापत २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता सम्बन्धी प्रशासकीय पुनरावलोकनका लागि उपभोक्ताले २०८२ जेठ मसान्तसम्म निवेदन दिन सक्ने म्याद तोकिएको थियो। तर, असोज १० गतेको सञ्चालक समितिको निर्णयअनुसार सो म्यादसहित प्रशासकीय पुनरावलोकनसम्बन्धी सम्पूर्ण प्रक्रिया बदर गरिएको छ।
Kathmandu, Sept 28 –
The Nepal Electricity Authority (NEA) has given an ultimatum to consumers using electricity through dedicated feeders and trunk lines to clear their outstanding dues by Kartik 17.
In a public notice issued on Sunday, NEA’s Distribution and Consumer Services Directorate warned that action would be taken against those failing to settle dues within the given timeframe. The authority stated that the notice was published as per the decision of the NEA Board of Directors on Asoj 10.
Installment Facility
For consumers unable to pay the full amount at once, NEA has offered a monthly installment facility of up to 28 months to clear their arrears.
Warning of Action
“If the outstanding dues are not cleared within the deadline, action will be taken under the Electricity Tariff Collection Regulation, 2078,” NEA warned in the notice.
Earlier Review Process Canceled
Earlier, consumers with pending dues for electricity consumed through dedicated feeders and trunk lines from Magh 2072 to Baisakh 2075 were allowed to submit applications for administrative review by the end of Jestha 2082. However, NEA clarified that this provision, along with all review-related processes, has now been canceled following the board’s decision on Asoj 10.




