NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nearly 500 MW Added to National Grid in Six Months, Installed Capacity Reaches 4,086 MW
    छ महिनामा झन्डै ५ सय मेगावाट विद्युत् थप, जडित क्षमता ४ हजार ८६ मेगावाट पुग्यो
    Investor
    1 min read
    Published on February 9, 2026
    NEPSE TRADING

    छ महिनामा झन्डै ५ सय मेगावाट विद्युत् थप, जडित क्षमता ४ हजार ८६ मेगावाट पुग्योNearly 500 MW Added to National Grid in Six Months, Installed Capacity Reaches 4,086 MW

    काठमाडौं — पछिल्ला छ महिनाको अवधिमा नेपालले झन्डै पाँच सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पुस मसान्तसम्म राष्ट्रिय ग्रिडमा ४९५ मेगावाट विद्युत् जोडिँदा देशको कुल जडित क्षमता ४ हजार ८६ मेगावाट पुगेको छ।

    मन्त्रालयका विवरणअनुसार गत असार मसान्तसम्म देशको जडित क्षमता ३ हजार ५९१ मेगावाट थियो। त्यसपछि असोज मसान्तमा बढेर ४ हजार ४६ मेगावाट पुगेको क्षमता पुससम्म थप विस्तार भएको हो। परीक्षण चरणमा रहेका आयोजना तथा वैकल्पिक ऊर्जाबाट उत्पादन भएको विद्युत् भने यस तथ्यांकमा समावेश गरिएको छैन।

    उत्पादन क्षमता उल्लेख्य रूपमा बढे पनि हिउँदयाम सुरु भएसँगै नदीको बहाव घट्दा नेपालले हाल भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था कायम छ। मन्त्रालयका अनुसार हाल सौर्य ऊर्जाबाट ६२.७ मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट ४१.१६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

    उत्पादनसँगै प्रसारण पूर्वाधार पनि विस्तार हुँदै गएको मन्त्रालयले जनाएको छ। हाल ६६ केभीभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाइ ७ हजार २४७ सर्किट किलोमिटर पुगेको छ। यसअन्तर्गत १४ हजार १२३ एमभिए क्षमताका सबस्टेसन निर्माण भइसकेका छन्। यस्तै, ३३ केभी प्रसारण लाइनको लम्बाइ ८ हजार २१९ सर्किट किलोमिटर पुगेको छ भने ३ हजार एमभिए क्षमताका सबस्टेसन सञ्चालनमा छन्।

    प्रतिवेदनअनुसार हाल विद्युत् चुहावट १२.७३ प्रतिशतमा झरेको छ। प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुगेको छ। समीक्षा अवधिमा नेपालले २ हजार ७७४ गिगावाट घण्टा विद्युत् निर्यात गर्दा १ सय २३ गिगावाट घण्टा विद्युत् आयात गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

    उत्पादन र पूर्वाधार दुवै क्षेत्रमा प्रगति देखिए पनि मौसमी असन्तुलनका कारण हिउँदमा आयात र वर्षायाममा निर्यातको चक्र भने अझै कायमै रहेको ऊर्जा क्षेत्रका जानकारहरूको भनाइ छ। उनीहरूका अनुसार दीर्घकालीन ऊर्जा व्यवस्थापनका लागि भण्डारण आयोजना, वैकल्पिक ऊर्जा र आन्तरिक खपत वृद्धि गर्न विशेष ध्यान दिन आवश्यक रहेको छ।

    Kathmandu — Nepal has added nearly 500 megawatts of electricity to its national transmission system over the past six months, significantly boosting the country’s power generation capacity.

    According to the Ministry of Energy, Water Resources and Irrigation, a total of 495 MW was connected to the national grid by the end of mid-January (Poush), raising Nepal’s overall installed capacity to 4,086 MW.

    Ministry data shows that the country’s installed capacity stood at 3,591 MW by the end of mid-July (Ashar). It increased to 4,046 MW by mid-October (Asoj) and continued to expand through mid-January. Power generated from projects under testing and alternative energy sources has not been included in these figures.

    Despite the significant rise in production capacity, Nepal continues to import electricity from India during the winter season, as reduced river flow lowers hydropower output. The ministry reports that solar energy currently contributes 62.7 MW, while small and micro-hydropower projects generate 41.16 MW.

    Alongside power generation, transmission infrastructure has also expanded. The total length of transmission lines above 66 kV has reached 7,247 circuit kilometers. Substations with a combined capacity of 14,123 MVA have been constructed under this network. Similarly, 33 kV transmission lines now extend over 8,219 circuit kilometers, with substations totaling 3,000 MVA in operation.

    The report further states that power leakage has declined to 12.73 percent, reflecting improvements in system efficiency. Per capita electricity consumption has reached 450 units. During the review period, Nepal exported 2,774 gigawatt-hours of electricity while importing 123 gigawatt-hours, according to official data.

    Although notable progress has been made in both generation and infrastructure, energy experts note that seasonal imbalance remains a major challenge. Nepal continues to import electricity in winter and export surplus power during the monsoon season. They emphasize that long-term energy security will require greater investment in storage projects, alternative energy sources, and domestic consumption growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026