NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nearly Rs. 800 Billion Piled Up at Nepal Rastra Bank as Banks Fail to Lend — Earning Only ...
    लगानी सुस्त हुँदा राष्ट्र बैंकमा थुप्रियो पौने ८ खर्ब रुपैयाँ, बैंकहरूले २.७५ प्रतिशत ब्याजदरमा राखे पैसा
    Investor
    2 min read
    Published on October 8, 2025
    NEPSE TRADING

    लगानी सुस्त हुँदा राष्ट्र बैंकमा थुप्रियो पौने ८ खर्ब रुपैयाँ, बैंकहरूले २.७५ प्रतिशत ब्याजदरमा राखे पैसाNearly Rs. 800 Billion Piled Up at Nepal Rastra Bank as Banks Fail to Lend — Earning Only 2.75% Interest

    काठमाडौं । देशको बैंकिङ प्रणालीमा झण्डै ८ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको छ । लगानीका अवसर सीमित र कर्जाको माग सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्न नसकेको रकम नेपाल राष्ट्र बैंकमा राखिरहेका छन् । अहिले बैंकहरूले उक्त रकम २.७५ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा थापिरहेका छन् ।

    लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहेको छ । ब्याजदर निरन्तर घट्दै गए पनि कर्जाको प्रवाह अपेक्षित दरमा हुन सकेको छैन । यही कारणले नेपाल राष्ट्र बैंकले दैनिक रूपमा तरलता प्रशोचन (liquidity absorption) गर्न थालेको छ ।
    राष्ट्र बैंकले यसका लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) र स्थायी निक्षेप सुविधा (SDF) जस्ता मौद्रिक उपकरण प्रयोग गर्दै बजारबाट पैसा तान्ने गरेको छ ।

    राष्ट्र बैंकका अनुसार असोज २१ गतेसम्म बैंकहरूले लगानी गर्न नसकेको ७ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् ।
    जसअन्तर्गत निक्षेप संकलनमार्फत ७४ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधा (SDF) मार्फत ६ खर्ब ९२ अर्ब ५० करोड रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको हो ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३.० प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेपछि बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेपको ब्याजदर पनि घटेको हो ।
    गत असारसम्म बैंकहरू २.९९ प्रतिशत ब्याजदर पाउँदै आएका थिए, तर नयाँ दर लागू भएपछि कम ब्याजदरमा रकम राख्नुपरेको छ ।

    कर्जाको माग सुस्त हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको छ ।
    रेमिट्यान्समा आएको सुधारले पनि निक्षेप वृद्धि भएको छ, जसले तरलता अझ बढाएको छ ।
    गत आर्थिक वर्षको अन्त्यतिर बैंकहरूले नयाँ लगानी भन्दा पनि कर्जा असुलीमा ध्यान दिएको कारण पनि बजारमा लगानीयोग्य रकम थपिएको हो ।

    पछिल्लो समय जेनजी आन्दोलन, बाढी–पहिरो र राजनीतिक अनिश्चितता जस्ता कारणले लगानी वातावरण कमजोर बनेको छ ।
    यही कारणले बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या दीर्घकालीन बन्ने संकेत देखिएको छ ।
    व्यवसायमा शिथिलता र माग घट्दा बैंकहरूले रकम लगानी गर्न नसक्दा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ ।

    राष्ट्र बैंकले बजारबाट पैसा तान्नका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (SDF) प्रयोग गर्दै आएको छ ।
    त्यस्तै, प्रणालीमा तरलता कसिलो हुँदा भने स्थायी तरलता सुविधा (SLF) र रिपो (Repo) मार्फत बजारमा पैसा पठाउने काम पनि गरिरहेको छ ।

    Kathmandu — Nepal’s banking system is currently sitting on excess liquidity of nearly Rs. 800 billion, which commercial banks and financial institutions have been unable to lend. Due to limited investment opportunities and sluggish credit demand, banks have parked this idle money at the Nepal Rastra Bank (NRB), earning just 2.75% interest.

    For an extended period, the banking system has faced excess liquidity as loan demand remains weak despite continuous reductions in lending rates. To manage this surplus, the central bank has been absorbing liquidity almost daily through various monetary instruments such as Deposit Collection Instruments (DCI) and the Standing Deposit Facility (SDF).

    According to NRB data as of October 7 (Ashoj 21), banks have deposited Rs. 767.05 billion that they could not lend.
    Out of this, Rs. 74.55 billion is through deposit collection instruments, while Rs. 692.50 billion is held under the Standing Deposit Facility (SDF). The SDF funds are set to mature this week.

    On the same date, the NRB issued 12-day deposit collection instruments worth Rs. 90 billion, out of which 11 banks and financial institutions placed Rs. 74.55 billion at an average interest rate of 2.74%, maturing on October 18 (Kartik 2). Similarly, NRB also floated a new 11-day Rs. 20 billion instrument today to absorb additional liquidity.

    Following the new monetary policy for FY 2025/26, NRB lowered the floor rate of the interest rate corridor from 3.0% to 2.75%.
    Consequently, banks now earn less interest on the funds parked at NRB. Until mid-July, banks were earning up to 2.99%, but after the rate adjustment, the return has fallen to 2.75%.

    Excess liquidity has been rising as loan demand remains sluggish. The improvement in remittance inflows has further boosted deposits in the banking system.
    Moreover, toward the end of the last fiscal year, banks focused more on loan recovery rather than new lending, which has added to the liquidity pile-up.

    Analysts say recent factors such as the Gen Z protests, floods, landslides, and political uncertainty have weakened the investment environment. As a result, excess liquidity is expected to persist in the coming months.
    The decline in business activity and loan demand has made it difficult for banks to deploy funds, forcing NRB to manage liquidity continuously.

    To balance liquidity, NRB uses instruments such as Deposit Collection and Standing Deposit Facility (SDF) to absorb excess money from the market. Conversely, when liquidity tightens, it injects funds through Standing Liquidity Facility (SLF) and Repo operations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026