NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Bank Reports 183% Profit Growth, Significant Decline in Impairment Charges
    नेपाल बैंकको नाफामा १८३ प्रतिशतको वृद्धि, इम्पेयरमेन्ट चार्जमा भारी गिरावट
    Investor
    1 min read
    Published on January 28, 2026
    NEPSE TRADING

    नेपाल बैंकको नाफामा १८३ प्रतिशतको वृद्धि, इम्पेयरमेन्ट चार्जमा भारी गिरावटNepal Bank Reports 183% Profit Growth, Significant Decline in Impairment Charges

    नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य नाफा वृद्धि गरेको छ, जसको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा आएको ठूलो कमी हो। बैंकले पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउँदै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३ प्रतिशतको वृद्धि देखाएको हो।

    गत आर्थिक वर्षको यो अवधिमा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद नाफामा आएको तीव्र सुधारको मुख्य कारण भने इम्पेयरमेन्ट चार्जमा आएको भारी गिरावट हो।

    पछिल्लो वर्षको पहिलो ६ महिनामा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ।

    ब्याज र गैर-ब्याज आम्दानी घट्दा पनि बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ। यसको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) मा आएको तीव्र कमी हो।

    समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९७ प्रतिशत घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ, जबकि खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशत घटेर ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

    यसको परिणामस्वरूप, बैंकको सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत बढेर २ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ, तर कुल सञ्चालन आम्दानी भने १.५९ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँमा सीमित रहेको छ।

    नाफा वृद्धिसँगै, बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। तथापि, बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले तत्काल लाभांश वितरणको संभावना कमजोर बनाएको छ।

    पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ र मूल्य-आम्दानी अनुपात (पीई रेसियो) १३.५७ गुणा कायम रहेको छ।

    बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ, र जगेडा कोष ४.१२ प्रतिशत बढेर २३ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको निक्षेप ९.८७ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने कर्जा र सापटी ४.४४ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ नाघेको छ।

    Nepal Bank Limited has reported a significant increase in profit for the second quarter of the current fiscal year, primarily due to a substantial reduction in impairment charges. The bank earned a net profit of NPR 1.30 billion in the first six months, marking a 183% increase compared to the same period last year.

    In the previous fiscal year, the bank had earned NPR 461 million in net profit during the same period. The sharp improvement in net profit is mainly attributed to the significant reduction in impairment charges.

    Impairment charges, which stood at NPR 2.53 billion in the first six months of the previous fiscal year, dropped to NPR 479 million in the same period of the current fiscal year.

    Despite a decrease in both interest and non-interest income, the bank's profit has shown significant growth, driven by the sharp reduction in loan loss provisions (impairment charges).

    During the review period, the bank's interest income decreased by 3.97%, amounting to NPR 4.44 billion, while fee and commission income also dropped by 17.16% to NPR 448 million.

    As a result, the bank's operating profit surged by 394.64%, reaching NPR 2.06 billion. However, total operating income decreased by 1.59%, coming to NPR 5.35 billion.

    With the profit increase, the bank's earnings per share (EPS) grew by NPR 11.49, reaching NPR 17.76. However, the distributable profit stood at a negative NPR 914.9 million, which suggests limited immediate potential for dividend distribution.

    As of the end of December, the bank's net worth per share was NPR 262.43, and the price-to-earnings (P/E) ratio remained at 13.57 times.

    The bank's paid-up capital stands at NPR 14.69 billion, and its reserve fund has increased by 4.12% to NPR 23.87 billion. During the review period, the bank's deposits grew by 9.87% to NPR 3.65 trillion, while loans and advances increased by 4.44% to over NPR 2.36 trillion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026