NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Bank Reports Massive Profit Surge Due to Prior-Year Data Revision; Core Income Posts...
    नेपाल बैंकको नाफा आकस्मिक रूपमा बढ्यो, मुख्य कारण अघिल्लो वर्षको तथ्यांक संशोधन
    Investor
    2 min read
    Published on August 14, 2025
    NEPSE TRADING

    नेपाल बैंकको नाफा आकस्मिक रूपमा बढ्यो, मुख्य कारण अघिल्लो वर्षको तथ्यांक संशोधनNepal Bank Reports Massive Profit Surge Due to Prior-Year Data Revision; Core Income Posts Solid Growth

    नेपाल बैंक लिमिटेड (NBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेपनि यो वृद्धिको मुख्य कारण अघिल्लो वर्षको तथ्यांक संशोधन हो । साथै, बैंकको मूल बैंकिङ सञ्चालन आम्दानीमा पनि सशक्त वृद्धि देखिएको छ ।

    अघिल्लो वर्षको तथ्यांक संशोधनले नाफामा उछाल
    असार मसान्त २०८२ सम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको संशोधित २ करोड ८४ लाख रुपैयाँ नाफाको तुलनामा १३ हजार १७५ प्रतिशतले बढी हो । यो वृद्धिदर असामान्य देखिनुको कारण गत आर्थिक वर्ष २०८०/८१ को नाफा र प्रावधान (इम्पेरमेन्ट चार्ज) मा गरिएको संशोधन हो । अघिल्लो वर्ष सुरुमा प्रकाशित नाफा १ अर्ब ६५ करोड रुपैयाँ थियो तर पछिल्लो विवरणमा प्रावधान रकम २ अर्ब ५९ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ७६ करोड रुपैयाँ देखाइएपछि नाफा घटेर २ करोड ८४ लाख रुपैयाँमा झरेको हो ।

    सञ्चालन आम्दानीमा बलियो वृद्धि
    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यससँगै कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशतले बढेर ११ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

    सञ्चालन मुनाफा अघिल्लो वर्षको संशोधित ६८ करोड रुपैयाँबाट बढेर यस वर्ष ५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जसको मुख्य कारण यस वर्षको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब १३ करोड रुपैयाँमा सीमित हुनु हो ।

    वित्तीय अवस्था र कर्जा विस्तार
    बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँमै स्थिर छ । जगेडा कोष तथा सञ्चित मुनाफा १२.१४ प्रतिशत बढेर २३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । ग्राहक निक्षेप १७.२९ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३.८९ प्रतिशत बढेर २ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

    नाफा र प्रतिफल सूचकांक
    प्रति सेयर आम्दानी (EPS) अघिल्लो वर्षको १९ पैसाबाट बढेर २५ रुपैयाँ ६८ पैसा पुगेको छ । यद्यपि, वितरणयोग्य मुनाफा अझै ऋणात्मक (–४४ करोड ९० लाख रुपैयाँ) छ, तर यो अघिल्लो वर्षको ऋणात्मक –९६ करोड ५० लाख रुपैयाँभन्दा सुधारिएको हो । वितरणयोग्य प्रतिशेयर आम्दानी पनि –६ रुपैयाँ ५७ पैसाबाट घटेर –३ रुपैयाँ ६ पैसा भएको छ ।

    पूँजी पर्याप्तता र सम्पत्ति गुणस्तर
    पूँजी कोष/जोखिमयुक्त सम्पत्ति अनुपात (Capital Fund to RWA) १३.०६ प्रतिशतमा पुगेको छ, जुन नियामक मापदण्डभन्दा माथि छ । खुद असुल गर्न नसकिने कर्जा (NPL) अनुपात ४.४७ प्रतिशतमा रहेको छ, जसले सम्पत्ति गुणस्तरमा अझै सुधारको आवश्यकता देखाउँछ । बैंकको आधारदर ७.९७ प्रतिशतबाट घटेर ५.५८ प्रतिशतमा आएको छ भने ब्याज दर अन्तर ३.९५ प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा पुगेको छ ।

    नेपाल बैंकको नाफामा देखिएको आकस्मिक वृद्धि मुख्यतया अघिल्लो वर्षको वित्तीय तथ्यांक संशोधनको परिणाम हो । तथापि, मूल बैंकिङ कारोबारको सूचकांकहरू — निक्षेप, कर्जा, र ब्याज आम्दानी — सबैमा दोहोरो अंकको वृद्धि देखिएको छ । आगामी वर्षमा वितरणयोग्य नाफा सकारात्मक बनाउन, सम्पत्ति गुणस्तर सुधार्न र जोखिम व्यवस्थापनमा ध्यान दिनु बैंकको प्रमुख चुनौती हुनेछ ।

    Nepal Bank Limited (NBL) has released its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing an extraordinary surge in net profit largely due to a revision in last year’s figures, while operational performance also strengthened.

    Extraordinary Profit Growth from Restated Figures
    As of Ashad-end 2082, Nepal Bank recorded a net profit of NPR 3.77 billion. This represents a 13,175% jump compared to the NPR 28.42 million reported in the restated financials for the same period last year. However, the dramatic percentage increase is due to the downward revision of last year’s net profit figure, which was initially published as NPR 1.65 billion in FY 2080/81 but has now been revised to NPR 28.42 million.

    The revision stems from updated impairment charge data. Previously, impairment charges for FY 2080/81 were recorded as NPR 2.59 billion, but the revised report places them at NPR 4.75 billion. This substantial adjustment reduced last year’s reported profit, making the year-on-year growth rate appear exceptionally high.

    Operational Performance: Growth in Core Banking Income
    In FY 2081/82, NBL’s net interest income rose by 16.82% to NPR 10.09 billion, reflecting improved interest spreads from lending and investment activities. Net fee and commission income increased by 6.07% to NPR 1.17 billion, indicating stable income from banking services. Total operating income jumped by 15.65% to NPR 11.94 billion, underlining overall expansion in core banking operations.

    Operating profit soared to NPR 5.42 billion from just NPR 683 million in the revised figures for FY 2080/81, driven by lower impairment charges this year (NPR 1.13 billion versus NPR 4.75 billion last year).

    Balance Sheet and Capital Position
    The bank’s paid-up capital remained unchanged at NPR 14.69 billion. Reserves and surplus climbed by 12.14% to NPR 23.48 billion, strengthening the bank’s capital base. Customer deposits expanded by 17.29% to NPR 332.02 billion, while loans and advances to customers grew by 13.89% to NPR 221.70 billion, demonstrating strong credit demand.

    Earnings Per Share and Distributable Profit
    Earnings per share (EPS) improved significantly to NPR 25.68 from just NPR 0.19 last year, in line with the higher profit. However, distributable profit stood at a negative NPR 449.09 million, although this is an improvement over the negative NPR 965.07 million recorded in the prior year. Distributable EPS also improved from -6.57 to -3.06.

    Financial Ratios and Asset Quality
    The capital fund to risk-weighted assets (RWA) ratio rose slightly to 13.06%, indicating adequate capitalization. Non-performing loans (NPL) were at 4.47%, slightly higher than sector averages but within a manageable range. The bank’s base rate decreased from 7.97% to 5.58%, reflecting reduced cost of funds, while the interest rate spread narrowed marginally to 3.90%.

    Nepal Bank’s FY 2081/82 results show robust core banking growth alongside a remarkable headline profit increase. However, the unusually high profit growth rate is largely an accounting effect caused by the prior year’s restatement of impairment charges, rather than purely operational gains. The underlying business remains strong, as evidenced by double-digit growth in deposits, loans, and net interest income. Moving forward, sustaining profitability will depend on maintaining asset quality and keeping impairment charges under control, while leveraging the expanded deposit and loan base for stable earnings growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026