·

नेपाल ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन फर ट्याक्स पर्पजेसको १७३ औँ सदस्य बन्यो

Author

NEPSETRADING

नेपाल ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन फर ट्याक्स पर्पजेसको १७३ औँ सदस्य बन्यो
नेपाल कर छलीविरुद्धको अन्तर्राष्ट्रिय अभियानमा सहभागी हुँदै ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन फर ट्याक्स पर्पजेस’ को १७३ औँ सदस्य बनेको छ भने यसमा आबद्ध हुने २४ औँ एसियाली मुलुक बनेको छ। फोरमका अध्यक्ष गेल पेराउडले नेपाललाई स्वागत गर्दै यो निर्णयले कर छलीविरुद्ध विश्वभरका देशहरूबीचको सहकार्यलाई अझ बलियो बनाउने बताएका छन्। अब नेपालले अन्य सदस्य राष्ट्रहरू सरह समान हैसियतमा सहभागिता जनाउँदै ‘अनुरोधमा आधारित सूचना आदानप्रदान’ (EOIR) र ‘स्वचालित सूचना आदानप्रदान’ (AEOI) जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरू कार्यान्वयन गर्दै अफशोर कर छली नियन्त्रण गर्न प्रतिबद्धता जनाएको छ। यस अवसरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ग्लोबल फोरममा आबद्ध हुनु कर प्रशासन सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आन्तरिक स्रोत परिचालनका लागि महत्वपूर्ण कदम भएको बताए। नयाँ सदस्यका रूपमा नेपालले बहुवर्षीय ‘इन्डक्सन प्रोग्राम’ मार्फत प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धि पनि प्राप्त गर्नेछ। ग्लोबल फोरम विश्वभरका देशहरूलाई कर पारदर्शिता र सूचना आदानप्रदानका मापदण्डहरू कार्यान्वयन गराउन समन्वय गर्ने प्रमुख बहुपक्षीय निकाय हो, जसले ‘कमन रिपोर्टिङ स्ट्यान्डर्ड’ (CRS) र ‘क्रिप्टो–एसेट रिपोर्टिङ फ्रेमवर्क’ (CARF) अन्तर्गत सूचना आदानप्रदानको अनुगमन तथा समीक्षा समेत गर्दै आएको छ।

Related News