NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Begins Electricity Export to Bangladesh, Becomes First South Asian Country to Trade ...
    नेपालले बंगलादेशलाई विद्युत् निर्यात सुरु गर्‍यो
    Top
    1 min read
    Published on June 15, 2025
    NEPSE TRADING

    नेपालले बंगलादेशलाई विद्युत् निर्यात सुरु गर्‍योNepal Begins Electricity Export to Bangladesh, Becomes First South Asian Country to Trade Power with a Third Nation

    नेपालले शनिबार (२०८१ असार १) बाट इतिहास रचेको छ। पहिलोपटक व्यावसायिक रूपमा बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल दक्षिण एशियामै तेस्रो मुलुकलाई बिजुली बेच्न थालेको पहिलो देश बनेको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काठमाडौंमा आयोजित समारोहमा नेपाल, भारत र बंगलादेशका प्रतिनिधिहरूसँग संयुक्त रूपमा स्विच अन गरेर विद्युत् निर्यातको उद्घाटन गरे। मन्त्री खड्काले यसलाई नेपालको समृद्धितर्फको ऐतिहासिक पाइलाका रूपमा उल्लेख गर्दै बिजुलीको निर्यातले मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने बताए।

    नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ गते त्रिपक्षीय सम्झौता भएर उक्त निर्यात सम्भव भएको हो। सम्झौताअनुसार प्रत्येक वर्षको जून १५ देखि नोभेम्बर १५ सम्म – वर्षायामको पाँच महिना – ४० मेगावाट विद्युत् निर्यात गरिनेछ। सन् २०२९ अक्टोबर २ सम्म अर्थात् पाँच वर्षसम्म निर्यात सम्झौता कायम रहनेछ।

    विद्युत् ढुवानीका लागि नेपाल–भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन प्रयोग गरिएको छ। भारतको मुजफ्फरपुरबाट बेहरामपुर (भारत) हुँदै भेडामारा (बंगलादेश) सम्मको ४०० केभी प्रसारणमार्ग प्रयोग गरेर बंगलादेशसम्म विद्युत् पुर्‍याइनेछ।

    विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् आयोजनाबाट १८.६० मेगावाट र चिलिमे आयोजनाबाट २१.४० मेगावाट गरी जम्मा ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। पहिलो दिन ४ लाख ७० हजार युनिट विद्युत् बिक्री गरिएको र यसबाट ३० हजार ८० अमेरिकी डलर आम्दानी भएको प्राधिकरणले जनाएको छ।

    बिजुलीको प्रति युनिट मूल्य ६.४० अमेरिकी सेन्ट तय गरिएको छ। प्रसारण शुल्क, लाइन हानि, भारतको ट्रेडिङ शुल्क तथा अन्य सबै खर्च बंगलादेशले व्यहोर्नेछ भने भुक्तानी पनि बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (BPDB) ले नै गर्नेछ।

    यस निर्यातसँगै नेपाल विद्युत् व्यापारको नयाँ अध्यायमा प्रवेश गरेको छ। भारतसँग मात्र सीमित रहेको विद्युत् व्यापार अब बंगलादेशसम्म विस्तार भएको छ, जुन नेपालको जलविद्युत् विकास, क्षेत्रीय ऊर्जा व्यापार र कूटनीतिक सफलताको ठूलो उपलब्धि मानिएको छ।

    In a historic move, Nepal has officially started exporting 40 megawatts (MW) of electricity to Bangladesh from Saturday, making it the first South Asian country to export electricity to a third country beyond its immediate neighbor.

    The commercial export marks a major milestone as Nepal, having fulfilled its domestic electricity demand, is now selling surplus power to Bangladesh. The inauguration ceremony was held in Kathmandu, where Nepal’s Minister for Energy, Water Resources and Irrigation, Dipak Khadka, jointly switched on the power supply with India’s Minister of Power Manohar Lal and Bangladesh’s Energy Adviser Mohammad Fozlul Kabir Khan.

    The tripartite agreement between Nepal, India, and Bangladesh was signed on October 3, 2024 (Ashoj 17, 2081 BS), allowing Nepal to export 40 MW of electricity to Bangladesh during the monsoon season each year—from June 15 to November 15—for five consecutive years until October 2, 2029.

    The electricity is being transmitted through Nepal and India’s first cross-border transmission line – the 400kV Dhalkebar–Muzaffarpur line. From Muzaffarpur, the power travels through India's transmission network to reach Behrampur (India) and then to Bheramara (Bangladesh) via another 400kV interconnection.

    The electricity being exported comes from Nepal Electricity Authority’s (NEA) Trishuli and Chilime hydropower plants, contributing 18.60 MW and 21.40 MW respectively, totaling 40 MW.

    On the first day of export, Nepal sold 470,000 units of electricity, earning $30,080 in revenue. The agreed export price is 6.40 US cents per unit. All associated transmission charges, losses, NVVN (NTPC Vidyut Vyapar Nigam) trading margins, and other costs beyond Muzaffarpur are to be borne by Bangladesh. The Bangladesh Power Development Board (BPDB) will also be responsible for all payments.

    This development represents a significant achievement for Nepal, not only in maximizing its hydropower potential but also in establishing itself as a regional electricity exporter. It is a strategic leap in energy diplomacy and economic advancement.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026