पन्ध्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(पहिलो पटक कम्पनीको वेबसाइटमा प्रकाशित मिति: २०८३/०६/०७)
श्री शेयरधनी महानुभावहरू,
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०६/०७ मा बसेको २९०औं बैठकको निर्णय बमोजिम यस कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा देहाय बमोजिमका मिति, स्थान र समयमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सबै शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय :-
मिति : २०८३ साल असोज महिना २८, बुधबार (तदनुसार 14th October 2026, Wednesday)
स्थान : होटल याक एण्ड यति, दरबार मार्ग, काठमाडौं ।
समय : बिहान १०:३० बजे
छलफल गर्ने विषयहरू :-
क. साधारण प्रस्ताव :-
- सञ्चालक समितिको आ.व. २०८२/८३ को प्रतिवेदन पारित गर्ने ।
- लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ०.७८९४७४ प्रतिशत नगद लाभांश (रु. १,१५,१४,५६९।-) बोनस शेयर बापतको कर प्रयोजनका लागि स्वीकृत गर्ने ।
- आ.व. २०८३/८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
ख. विशेष प्रस्ताव :-
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत बोनस शेयर (दशमलवलाई राउण्ड गर्दा हुन आउने २१,८७,७६७ कित्ता) स्वीकृत गर्ने ।
- कम्पनीको मुख्य उद्देश्य थप गर्न र बोनस शेयर बराबर चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने ।
- प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने अख्तियारी दिने ।
- बैंकिङ्ग/वित्तीय तथा भुक्तानी लगायतका प्रविधिहरूमा अनुसन्धान, प्रणाली र सफ्टवेयर विकास, जडान एवं सो सम्बन्धी आवश्यक कार्य गर्ने उद्देश्यसहित कम्पनीको सहायक/सम्बद्ध कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ग. विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारी



