नेपाल विद्युत् प्राधिकरणले थप ३५ मेगावाट विद्युत् भारत निर्यात गर्ने
Author
NEPSE TRADING

नेपाल विद्युत् प्राधिकरण (NEA) ले भारततर्फ थप ३५ मेगावाट विद्युत् निर्यात गर्न अनुमति प्राप्त गरेको छ। भारतको ‘Designated Authority’ Central Electricity Authority (CEA) ले मंसिर १६ गते यो अतिरिक्त निर्यातको स्वीकृति दिएको हो।
प्राधिकरणले अब सेतीनदी जलविद्युत् आयोजना (24.25 MW) र माथिल्लो तादीखोला जलविद्युत् आयोजना (10.70 MW) बाट उत्पादित विद्युत् भारतको प्रतिस्पर्धी बजार (Indian Energy Exchange–IEX) मा बेच्नेछ। यससँगै भारततर्फ निर्यात हुँदै आएको कुल विद्युत् मात्रा १२०० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
यसअघि प्राधिकरणले २ वटा जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ। हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय छलफलमा थप २० मेगावाट निर्यात गर्ने समझदारी समेत बनेको छ, जसले नेपालका ऊर्जाबाट आय वृद्धिमा थप योगदान गर्ने अपेक्षा गरिएको छ।
प्राधिकरणका अनुसार जलविद्युत् उत्पादन वृद्धि र अविकसित बजारमैत्री संयन्त्र विस्तारसँगै नेपालले छिमेकी मुलुकहरूसँग विद्युत् व्यापारलाई दीर्घकालीन रूपमा विस्तार गर्दै जाने लक्ष्य लिएको छ।


