NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Exports Electricity Worth NPR 13.04 Billion to India in the First Five Months of FY ...
    चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात
    Investor
    1 min read
    Published on December 26, 2024
    NEPSE trading

    चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यातNepal Exports Electricity Worth NPR 13.04 Billion to India in the First Five Months of FY 2081/82

    नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मंसिरसम्म १३ अर्ब ४ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ। वर्षायाममा देशभित्र खपतपछि बाँकी रहेको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ पठाइएको हो।

    चार महिनामा विद्युत् निर्यातको औसत प्रतियुनिट दर ७ रुपैयाँ ३९ पैसा रहेको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा तथा हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय सम्झौताअनुसार विद्युत् बिक्री गर्दै आएको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ, जसबाट प्राधिकरणले ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ।

    मासिक निर्यात विवरण

    • साउन: ४ अर्ब १५ करोड रुपैयाँ (उच्चतम)

    • भदौ: ३ अर्ब ६८ करोड रुपैयाँ

    • असोज: ३ अर्ब ७ करोड रुपैयाँ

    • कात्तिक: १ अर्ब ८७ करोड रुपैयाँ

    • मंसिर: २८ करोड १४ लाख रुपैयाँ (न्यूनतम)

    बाढीपहिरोको प्रभाव

    असोजमा बाढीपहिरोका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन र निर्यात प्रभावित भएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, तामाकोशी बन्द भएपछि उत्पादन घट्न गएको र सुक्खायाम सुरु भएसँगै निर्यात अझै प्रभावित भएको छ।

    बंगलादेशतर्फ पनि निर्यात सुरु

    यस वर्षदेखि भारत हुँदै बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु भएको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेको छ, तर बाढीपहिरोका कारण लक्ष्य प्रभावित हुने देखिएको छ।

    पुनर्निर्माण र उत्पादन स्थिति

    माथिल्लो तामाकोशी आयोजना यही पुस १० भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ। अहिले नदी तथा खोलानालामा पानीको बहाव घटेकाले हिउँदयाममा उत्पादनले आन्तरिक माग मात्र धान्ने र विद्युत् निर्यात क्रमशः घट्दै जाने प्राधिकरणले जनाएको छ।

    गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो।

    Nepal Electricity Authority (NEA) exported surplus electricity worth NPR 13.04 billion to India during the first five months of the current fiscal year, 2081/82. The export consisted of 1.76 billion units of surplus electricity generated during the monsoon season, consumed domestically before exporting to India.

    The average export price of electricity during these four months was NPR 7.39 per unit. NEA sold the electricity in the Indian Energy Exchange (IEX) through Day-Ahead and Real-Time Markets and under bilateral medium-term contracts with Haryana and Bihar states. The electricity trade with India is conducted in Indian Rupees (INR), earning NEA INR 8.15 billion in revenue.

    Monthly Export Highlights

    • Sawan: NPR 4.15 billion (highest)

    • Bhadra: NPR 3.68 billion

    • Ashoj: NPR 3.07 billion

    • Kartik: NPR 1.87 billion

    • Mangsir: NPR 281.4 million (lowest)

    Impact of Natural Disasters

    The export figures were significantly impacted by landslides and floods, particularly the closure of the 456 MW Upper Tamakoshi Hydropower Project. This reduced production in subsequent months, forcing NEA to start electricity imports earlier this year due to decreased domestic production.

    NEA's Executive Director, Kulman Ghising, highlighted that reduced water flow during the dry season further impacts production, necessitating electricity imports to meet domestic demand.

    Export to Bangladesh Initiated

    This fiscal year also marked the beginning of electricity exports to Bangladesh, with 40 MW being exported via India. NEA aims to export electricity worth NPR 30 billion this year, though the target faces challenges due to flood-induced damages to hydropower plants and transmission lines.

    Restoration Efforts

    Repairs on the Upper Tamakoshi project are ongoing and expected to complete by Poush 10, while the Kabeli Corridor transmission line has already been restored. NEA has permission to export 941 MW from 28 hydropower projects to India under competitive and medium-term agreements.

    Last fiscal year, Nepal imported electricity worth NPR 16.93 billion from India. However, exports are expected to decrease during winter as production drops and domestic demand rises.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026