नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सातौँ वार्षिक साधारण सभा मंसिर २३ गते, ६.३१% नगद लाभांश प्रस्ताव
Author
NEPSE TRADING

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) मंसिर २३ गते बोलाएको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।
बोर्ड अफ डाइरेक्टर्सको भदौ १९ गते बसेको १७०औँ बैठकले गत आर्थिक वर्ष २०७८/८२ का लागि ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। २१.६० अर्ब रुपैयाँ चुक्ता पुँजीमा आधारित उक्त लाभांशअनुसार निफ्राले करसहित झन्डै १ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।
यस AGM मा अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय विवरण, नगद प्रवाह विवरण अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०७९/८० का लागि नयाँ अडिटर नियुक्त गर्ने प्रस्ताव पनि राखिएको छ। त्यससँगै सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन गर्ने एजेन्डा पनि रहेको छ।
कम्पनीले मंसिर १२ गतेलाई पुस्तक बन्द (बुक क्लोजर) मिति तोकेको छ। सो मितिभन्दा अघि नाम दर्ता गराएका शेयरधनीहरू लाभांश प्राप्त गर्न तथा AGM मा सहभागी हुन योग्य हुनेछन्।


