NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Insurance Authority Employees Go on Strike with Seven-Point Demands
    सातबुँदे मागसहित नेपाल बीमा प्राधिकरणका कर्मचारी हड्तालमा
    Investor
    2 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    सातबुँदे मागसहित नेपाल बीमा प्राधिकरणका कर्मचारी हड्तालमाNepal Insurance Authority Employees Go on Strike with Seven-Point Demands

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग राख्दै हड्तालमा उत्रिएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल सुरु गरेका हुन् ।

    कर्मचारी संघ र युनियनले प्राधिकरणका अध्यक्षसमक्ष पटक–पटक लिखित तथा मौखिक रूपमा मागहरू प्रस्तुत गर्दै आएका थिए । तर ती मागहरूबारे प्राधिकरणको सञ्चालक समितिका अध्यक्षले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको युनियनका अध्यक्ष प्रेमहरी पोखरेलले जानकारी दिए ।

    मंगलबार युनियनका अध्यक्ष पोखरेल र कर्मचारी संघका अध्यक्ष दीपक ज्ञवालीले प्राधिकरणका अध्यक्षलाई पत्र लेख्दै आन्दोलन सुरु गरिएको औपचारिक जानकारी गराएका छन् । उनीहरूका अनुसार अबका चार दिनसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने योजना बनाएका छन् । त्यसपछि पनि माग पूरा नभए कार्यालय परिसरमै कालो ब्यानर टाँस्ने र हालसम्मको उपलब्धिको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गरिने पत्रमा उल्लेख गरिएको छ ।

    कर्मचारीहरूले यसअघि मंसिर १ गते मागसहित अध्यक्षलाई पत्र बुझाउँदै २१ दिनको समय दिएका थिए । मंसिर २१ गतेसम्म कुनै पहल नभएपछि सात दिने अल्टिमेटम दिइएको थियो । तर सो अवधिसम्म पनि मागप्रति कुनै चासो नदेखाइएको कर्मचारी पक्षको गुनासो छ ।

    हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनक राज शर्मा रहेका छन् । कर्मचारीहरूको आन्दोलनका कारण प्राधिकरणको दैनिक कामकाज प्रभावित हुने देखिएको छ ।

    कर्मचारीका सात माग

    कर्मचारी संघ र युनियनले उठाएका सात मागमध्ये प्रमुख रूपमा सञ्चालक समितिबाट स्वीकृत भई मन्त्रालयमा पेश भएको सेवा सुविधा तथा नयाँ दरबन्दी (नयाँ संगठन संरचना) सहितको प्रतिवेदन तत्काल लागू गर्नुपर्ने र त्यसपछि मात्र पदपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग राखिएको छ ।

    त्यसैगरी, बीमा क्षेत्र अत्यन्त प्राविधिक भएकाले माथिल्लो तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकता अनुसारको जनशक्ति नपाइने भन्दै कर्मचारी विनियमावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा र कार्यसम्पादन मूल्यांकनका आधारमा मात्र पदपूर्ति गर्नुपर्ने माग गरिएको छ ।

    कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा भविष्यमा समस्या सिर्जना हुन सक्ने भन्दै सो विषय तत्काल समाधान गर्नुपर्ने, प्रदेश सरुवा र भौगोलिक अंकको व्यवस्था स्पष्ट पार्नुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

    यस्तै, तालिम, मनोनयन, सरुवा, सुझाव पेटिका लगायत कर्मचारीसँग सम्बन्धित विषयमा कर्मचारीको प्रतिनिधित्व रहने गरी सिफारिस समितिको आधारमा निर्णय गर्नुपर्ने, निर्देशक पदमा अधिकतम सेवा अवधि (क्याप) तोक्नुपर्ने, प्राधिकरणको उत्तराधिकारी योजना यथाशीघ्र लागू गर्नुपर्ने तथा संस्थागत सुधार र विकासका लागि अन्तर्राष्ट्रिय स्तरका संस्थामार्फत पुनःसंरचना (Reengineering) गर्नुपर्ने माग कर्मचारी पक्षको छ ।

    कर्मचारीहरूले माग सम्बोधन नभएसम्म चरणबद्ध रूपमा आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।

    Kathmandu — Employees of the Nepal Insurance Authority have gone on strike starting Tuesday, Poush 1, pressing seven key demands related to service conditions, organizational restructuring, and institutional reform. The protest has been organized jointly by the Nepal Insurance Authority Employees’ Association and the Nepal Insurance Authority Employees’ Union.

    The employee bodies said they had repeatedly raised their demands with the Authority’s chairperson through both written and verbal communication. However, alleging continued neglect by the chairperson of the Board of Directors, the employees were compelled to launch the protest, according to Union President Premhari Pokharel.

    On Tuesday, Union President Pokharel and Association President Dipak Gyawali formally informed the chairperson in writing about the commencement of the agitation. As part of the first phase of protest, employees plan to continue working while wearing black armbands for the next four days. If the demands remain unaddressed, they will put up black banners within the office premises and review the situation to decide further protest programs.

    The employees said they had initially submitted a formal letter outlining their demands on Mangsir 1, granting the Authority 21 days to respond. After receiving no response by Mangsir 21, they issued a seven-day ultimatum. The failure to address the demands even after the ultimatum prompted the employees to escalate the protest.

    The Nepal Insurance Authority is currently headed by Janak Raj Sharma, a joint secretary at the Ministry of Finance. The ongoing protest is expected to disrupt the Authority’s regular operations.

    Seven key demands

    Among the seven demands, employees have called for the immediate implementation of the report approved by the Board of Directors on Jestha 12 and 16, which includes revised service facilities and a new organizational structure with additional positions. They have insisted that any recruitment process should proceed only after the implementation of the approved report.

    The employees have also demanded amendments to the employee regulations, arguing that the insurance sector is highly technical and that open competition for senior positions may not yield suitably skilled personnel. They have called for internal competition and performance-based promotion for the post of Deputy Director.

    Another key demand is the clear classification of technical and administrative groups within the employee regulations to prevent future disputes, along with the establishment of transparent policies for provincial transfers and geographical scoring.

    Further demands include ensuring employee representation in decision-making processes related to training, nominations, transfers, grievance handling, and workplace environment improvements through a recommendation committee. The employees have also called for the introduction of a maximum service tenure cap for director-level positions, the immediate implementation of a succession plan, and institutional restructuring through internationally recognized organizations to strengthen the Authority’s governance and development.

    The employee unions have warned that failure to address their demands would lead to further intensification of the protest in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026