NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Investment Mega Bank's Profit Drops by 43.05%
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ४३.०५ प्रतिशतको गिरावट
    Investor
    1 min read
    Published on January 28, 2026
    NEPSE TRADING

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ४३.०५ प्रतिशतको गिरावटNepal Investment Mega Bank's Profit Drops by 43.05%

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशतले घटेको छ। खुद ब्याज आम्दानीमा गिरावट र इम्पेरमेन्ट चार्जमा उल्लेख्य वृद्धि भएपछि बैंकको नाफामा दबाब आएको हो।

    चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा झरेको छ। यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ८.६६ प्रतिशतले बढेको छ।

    यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ७७ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा ४०.५९ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ।

    बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ।

    नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ४५ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २०.२० गुणा रहेको छ।

    ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    यो गिरावट बैंकका लागि चुनौतीपूर्ण समयको सङ्केत भएको छ, जसले आगामी दिनहरूमा बैंकको वित्तीय रणनीतिमा सुधारको आवश्यकता देखाउँछ।

    Nepal Investment Mega Bank's net profit has decreased by 43.05% compared to the same period last year. The decline in net interest income and a significant increase in impairment charges have put pressure on the bank's profitability.

    According to the unaudited financial statements for the second quarter of the current fiscal year 2082/83, the bank earned a net profit of NPR 1.61 billion by the end of Poush. In the same period last year, the bank earned a net profit of NPR 2.83 billion.

    During the review period, the bank's net interest income fell by 12.83%, dropping to NPR 6.42 billion. However, income from fees and commissions increased by 8.66%.

    The bank's total operating income decreased by 4.74%, amounting to NPR 8.58 billion. Impairment charges rose from NPR 1.77 billion to NPR 3.09 billion, causing the operating profit to fall by 40.59%, reaching NPR 2.33 billion.

    The bank's distributable profit is in a negative position, with a deficit of NPR 3.62 billion.

    With the drop in profit, the bank's earnings per share have also decreased. By the end of Poush, the earnings per share were limited to NPR 0.45. The net worth per share stands at NPR 194.77, while the price-to-earnings ratio is 20.20 times.

    The bank has a paid-up capital of NPR 34.12 billion and a reserve fund of NPR 32.34 billion. By the end of Poush, the bank had collected deposits totaling NPR 519 billion and invested NPR 328 billion in loans.

    This decline marks a challenging period for the bank, indicating the need for adjustments and improvements in its financial strategy moving forward.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026