प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सघाउ पुर्याउन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। संकटको यस घडीमा राज्यको कोषमा बल पुगोस् र पीडितले तत्काल राहत पाऊन् भन्ने उद्देश्यले कम्पनीले यो सहयोग उपलब्ध गराएको हो।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले एक कार्यक्रमका बीच संयुक्त रूपमा उक्त राहत रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
यस कठिन समयमा उपलब्ध गराइएको आर्थिक सहयोगले घरबारविहीन तथा प्रभावित समुदायको तत्कालको आवश्यकता टार्न, घाइतेको उपचार गर्न र भत्किएका संरचनाको दीर्घकालीन पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।
In a bid to support the rescue, relief, and rehabilitation of citizens affected by recent natural disasters, Nepal Life Insurance Company has contributed NPR 25.1 million in financial assistance. The company stepped forward with this contribution to strengthen the state's relief efforts and ensure that immediate aid reaches the victims.
The cheque for the relief amount was jointly handed over by the company's Board Director, Kamlesh Kumar Agrawal, Former Chairman, Govinda Lal Sanghai, and Chief Executive Officer (CEO), Pravin Raman Parajuli.
The company expressed its confidence that this timely financial contribution will play a crucial role in facilitating immediate rescue operations, fulfilling the urgent needs of displaced families, and supporting the long-term rehabilitation of the affected communities.