·
नेपाल लाइफ इन्स्योरेन्सका २ लाख संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन आव्हान
Author
NEPSE TRADING

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका २ लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको छ। शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको सो सेयर संस्थापक समूहभित्रका शेयरधनीहरूका लागि प्राथमिक रूपमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सो सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
इच्छुक संस्थापक शेयरधनीले काठमाडौँको कमलपोखरीस्थित शेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटल लिमिटेडमा आफ्नो निवेदन पेस गर्न सक्ने सूचना जारी गरिएको छ।
कम्पनीले तोकिएको समयसीमाभित्र आवेदन नआए सेयर सर्वसाधारणलाई बिक्रीका लागि उपलब्ध गराइने स्पष्ट पारेको छ।


