नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते हुने
Author
NEPSE TRADING

नेपाल ल्यूब आयल लिमिटेड ले आफ्नो ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते (अक्टोबर १७, २०२५, शुक्रबार) बिहान ११:३० बजे ललितपुरको द प्लाजामा गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको ३८३औँ बैठकले गरेको निर्णयअनुसार साधारण सभामा विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ।
प्रमुख एजेन्डाहरू
आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने।
लेखा परीक्षकको प्रतिवेदन, आ.व. २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने।
सहायक कम्पनीहरू NLOL Energy Ltd र NLOL Synergy Ltd को एकीकृत वित्तीय विवरण पारित गर्ने।
सञ्चालक समितिको सिफारिस अनुसार २०% बोनस शेयर र रु. ७,६६,९८२ नगद लाभांश (१.०५२६४५%) वितरण गर्ने।
आ.व. २०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।
साधारण शेयरधनीहरूको तर्फबाट नयाँ सञ्चालक नियुक्त गर्ने।
विशेष प्रस्ताव
बोनस शेयर स्वीकृत गरेपछि १:२ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव।
बोनस र हकप्रद शेयरपछि कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव।
यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया, प्रबन्धपत्र संशोधन र नियामक निकायमा दर्ता कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने।
अन्य जानकारी
सभा प्रयोजनका लागि शेयर दर्ता पुस्तिका असोज १२ देखि असोज ३१ सम्म बन्द रहने।
शेयरधनीहरू उपस्थित नभए प्रोक्सी प्रतिनिधि नियुक्त गर्न सक्ने।
सभा सञ्चालन गर्न आवश्यक गणपुरक संख्या पुगेमा मात्र सभा हुने।
यस वार्षिक साधारण सभामा सहभागी भई प्रस्तावित निर्णयहरू पारित गर्न कम्पनीले सम्पूर्ण शेयरधनीलाई अनुरोध गरेको छ।