NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Micro Insurance Company’s Annual Profit Falls 43.91% Despite Surge in Premium Income
    बीमा आम्दानी बढेपनि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% ले घट्यो
    Investor
    2 min read
    Published on August 14, 2025
    NEPSE TRADING

    बीमा आम्दानी बढेपनि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% ले घट्योNepal Micro Insurance Company’s Annual Profit Falls 43.91% Despite Surge in Premium Income

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बीमा शुल्क तथा कुल आम्दानी दोब्बरभन्दा बढी बढेपनि, उच्च दाबी भुक्तानी र खर्च वृद्धिका कारण कम्पनीको नाफा उल्लेख्य रूपमा घटेको छ ।

    आम्दानीमा वृद्धि, नाफामा गिरावट
    असार मसान्त २०८२ सम्ममा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २९ लाख ५४ हजार रुपैयाँको तुलनामा ४३.९१ प्रतिशत कम हो । समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क (Net Earned Premium) ३१०.३६ प्रतिशत बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १०३.१३ प्रतिशत बढेर १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

    दाबी भुक्तानी र खर्चमा तीव्र वृद्धि
    कुल दाबी भुक्तानी ३७७.०१ प्रतिशत बढेर २ करोड ७५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५७ लाख ७१ हजार रुपैयाँ मात्र थियो । त्यसैगरी, कुल खर्च ११०.२५ प्रतिशत बढेर १४ करोड १८ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा ठूलो दबाब पारेको छ । बीमा शुल्कको वृद्धि हुँदाहुँदै पनि बढ्दो दाबी र सञ्चालन खर्चका कारण आम्दानीको वृद्धि नाफामा रूपान्तरण हुन सकेको छैन ।

    प्रति सेयर आम्दानी र वित्तीय स्थिति
    समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ३४ पैसाले घटेर २२ पैसामा सीमित भएको छ, जुन अघिल्लो वर्ष ५६ पैसा थियो । प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ ।

    पूँजी संरचना र जगेडा
    कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर ७५ करोड रुपैयाँ पुगेको छ । विशेष जगेडा १,०९२.८२ प्रतिशत बढेर ४३ लाख १८ हजार रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ८६.०९ प्रतिशत घटेर ४ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । रिटेन्ड अर्निङ्ग ५७ लाख रुपैयाँ ऋणात्मकमा पुगेको छ, जुन अघिल्लो वर्ष ३६ लाख ५७ हजार रुपैयाँ सकारात्मकमा थियो । अन्य इक्विटी पनि ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

    नेपाल माइक्रो इन्स्योरेन्सको २०८१/८२ को नतिजाले व्यवसायिक परिमाण र बीमा शुल्क संकलनमा ठूलाे वृद्धि देखाएपनि, उच्च दाबी भुक्तानी र खर्चले नाफामा प्रत्यक्ष असर पारेको स्पष्ट हुन्छ । पूँजी वृद्धि र विशेष जगेडामा भएको सुधारले कम्पनीको वित्तीय आधार बलियो देखाएपनि, ऋणात्मक रिटेन्ड अर्निङ्ग र अन्य इक्विटीले वित्तीय दवाव कायम रहेको देखाउँछ । आगामी वर्षमा नाफा सुधारका लागि दाबी व्यवस्थापनमा सुधार, खर्च नियन्त्रण, र जोखिम मूल्याङ्कनमा कडाइ आवश्यक देखिन्छ ।

    Nepal Micro Insurance Company Limited (NMIC) has published its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing a significant decline in net profit compared to the same period last year, despite strong growth in premium income and total revenue. The drop in profit is mainly due to steep rises in claims and overall expenses.

    Profit Decline Despite Revenue Growth
    As of Ashad-end 2082, NMIC posted a net profit of NPR 1.66 million, down 43.91% from NPR 2.95 million in the previous fiscal year. This decline came even as net earned premium skyrocketed by 310.36% to NPR 76.07 million from NPR 18.54 million, and total income doubled by 103.13% to NPR 145.58 million from NPR 71.67 million.

    Rising Claims and Expenses Erode Earnings
    The company’s total claims incurred surged 377.01% to NPR 27.53 million, up from NPR 5.77 million last year. Likewise, total expenses more than doubled — rising 110.25% to NPR 141.82 million from NPR 67.45 million — putting considerable pressure on profitability. The sharp increases in claims payouts and operational costs offset the gains from higher premium collections.

    Earnings Per Share and Financial Position
    Earnings per share (EPS) fell by NPR 0.34 to NPR 0.22, compared to NPR 0.56 last year, reflecting the weaker profit performance. The company’s net worth per share stood at NPR 99.86 at the end of the review period.

    Capital and Reserves
    NMIC’s paid-up capital increased 42.86% to NPR 750 million. Special reserves rose sharply by 1,092.82% to NPR 4.32 million, while catastrophe reserves dropped 86.09% to NPR 0.43 million from NPR 3.10 million last year. Retained earnings were negative at NPR -5.70 million, compared to a positive NPR 3.66 million previously. Other equity was also in the red at NPR -0.093 million, signaling financial pressure.

    NMIC’s FY 2081/82 results reflect a challenging year in terms of profitability, even though business volumes and premium collections increased substantially. The significant rise in claims payouts and operating expenses indicates higher risk exposure and possibly higher claims frequency. While the expansion in paid-up capital and special reserves strengthens the company’s capital base, the negative retained earnings and other equity highlight the need for tighter cost control and improved underwriting practices. Going forward, sustainable growth will depend on balancing premium growth with effective claims management and expense control to restore profitability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026