
बैंकिङ प्रणालीमा १२ खर्बभन्दा बढी तरलता, राष्ट्र बैंकले ऋणपत्रमार्फत रकम तान्दैNepal Rastra Bank Absorbs Excess Liquidity as Banks Hold Over Rs 1.2 Trillion in Investable Funds
काठमाडौं । कर्जा विस्तार सुस्त भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गरी बजारबाट रकम प्रशोचन गरिरहेको छ।
राष्ट्र बैंकले पछिल्लो समय छोटो अवधिको निक्षेप संकलनसँगै एक वर्षे अवधिको ऋणपत्रमार्फत तरलता व्यवस्थापनलाई प्राथमिकता दिएको छ। हालसम्म एक वर्षे अवधिका १५ पटक ऋणपत्र निष्कासन गरी करिब ३ खर्ब ७० अर्ब रुपैयाँ प्रणालीबाट बाहिर लगिएको छ।
असार महिनामा मात्रै राष्ट्र बैंकले ६ पटक एक वर्षे ऋणपत्र जारी गर्दै १ खर्ब ७० अर्ब रुपैयाँ प्रशोचन गरेको छ। यी ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाबाट मागभन्दा बढी आवेदन परेको थियो। ऋणपत्रको ब्याजदर करिब २.७ प्रतिशतको हाराहारीमा कायम भएको छ।
यसैबीच, राष्ट्र बैंकले शुक्रबार थप ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। ९१ दिन अवधिको निक्षेप उपकरणमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्न लागिएको हो।
बैंकमा निक्षेप बढ्दै गए पनि कर्जाको माग कमजोर हुँदा तरलता दबाब बढेको हो। पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८२ खर्ब रुपैयाँ नाघेको छ भने कर्जा प्रवाह करिब ५९ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ।
कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.७४ प्रतिशतमा झरेको छ। बैंकहरूले ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भए पनि लगानी विस्तार अपेक्षित रूपमा हुन नसक्दा ठूलो रकम निष्क्रिय अवस्थामा रहेको छ।
कमजोर निजी क्षेत्रको आत्मविश्वास, लगानी वातावरणमा आएको सुस्तता र बढ्दो खराब कर्जाका कारण बैंकहरूको कर्जा विस्तार प्रभावित भएको राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले औंल्याएको छ। बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढेर ५.६ प्रतिशत पुगेको छ भने जोखिममा रहेका कर्जाको हिस्सा पनि बढ्दो क्रममा देखिएको छ।
Kathmandu: Slow credit expansion has led to a significant accumulation of investable funds in Nepal’s banking system. With excess liquidity rising, Nepal Rastra Bank (NRB) has been using various monetary instruments to withdraw surplus funds from the market.
The central bank has shifted its focus from short-term deposit collection tools to one-year debt instruments to manage excess liquidity. So far, NRB has absorbed around Rs 370 billion through 15 issuances of one-year bonds.
In the month of Ashadh alone, NRB issued one-year bonds six times and absorbed Rs 170 billion from the banking system. The auctions received higher-than-demand applications from banks and financial institutions, with interest rates remaining around 2.7 percent.
Meanwhile, NRB has announced plans to collect an additional Rs 60 billion through a 91-day deposit collection instrument. The move aims to manage excess liquidity currently parked in the banking sector.
The rise in liquidity has mainly resulted from weak credit demand. According to the latest figures, total deposits in banks and financial institutions have crossed Rs 8.2 trillion, while total credit exposure stands at around Rs 5.94 trillion.
The credit-to-deposit (CD) ratio has declined to 71.74 percent, despite banks being allowed to extend loans up to 90 percent of their deposits. Lower private sector confidence and a slowdown in investment activities have limited credit growth.
Nepal Rastra Bank’s recent macroeconomic report has highlighted weak business sentiment, political uncertainty, and rising non-performing loans as major challenges for the banking sector. Non-performing loans have reached 5.6 percent, while watch-list loans have also increased, indicating possible pressure on asset quality in the coming months.



