NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Rastra Bank Invites Interest Rate Proposals for Fixed Deposit Investment
    राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गर्यो
    Top
    1 min read
    Published on January 13, 2026
    NEPSE TRADING

    राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गर्योNepal Rastra Bank Invites Interest Rate Proposals for Fixed Deposit Investment

    काठमाडौँ: नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गरेको छ। यसमा कुल ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गरिनेछ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त र तोकिएका शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन्।

    कुल ७ अर्ब ३५ करोड रुपैयाँको लगानीमध्ये “क” वर्गका वाणिज्य बैंकका लागि ५ अर्ब ८८ करोड रुपैयाँ, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि १ अर्ब १० करोड २५ लाख रुपैयाँ, र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ३६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। यो रकम २०२६ जनवरी २१ देखि २०२७ जनवरी २१ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा राखिनेछ।

    प्रस्ताव पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम पुँजीकोष (बफरसहित) कायम राख्नुपर्ने, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभित्र हुनुपर्ने शर्त राखिएको छ। साथै, तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुको साथै पछिल्लो आर्थिक वर्षमा नाफा कमाएका हुनुपर्नेछ। फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको समस्याग्रस्त घोषणा गरिएका संस्थाले पनि प्रस्ताव दिन सक्छन्।

    राष्ट्र बैंकले प्रस्ताव गरिएको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने स्पष्ट गरेको छ। उपदान तथा पेन्सन कोषको ठूलो रकम मुद्दती निक्षेपमा लगानी हुन लागेकाले यसले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन र ब्याजदर प्रतिस्पर्धामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    Kathmandu: Nepal Rastra Bank has invited proposals for interest rates from banks and financial institutions for investing its fund in fixed deposits. The funds from the bank’s grants and pension fund, amounting to NPR 7.35 billion, will be invested in fixed deposits. Eligible banks and financial institutions that hold a license and meet the required conditions can submit their proposals.

    The total investable amount is NPR 7.35 billion, with NPR 5.88 billion allocated for commercial banks of category "A," NPR 1.10 billion for national-level development banks of category "B," and NPR 367.5 million for national-level finance companies of category "C." The deposits will be held from January 21, 2026, to January 21, 2027, for a period of 366 days.

    Proposals must be submitted by 7 PM on Magh 2, 2026. Banks and financial institutions wishing to submit proposals must have been in operation for at least two years, maintain minimum capital requirements (including reserves), and have non-performing loans (NPL) below 8%. They must also comply with other criteria such as a good liquidity ratio, a loan-deposit ratio within the limits specified by Nepal Rastra Bank, and have made profits in the last financial year. Financial institutions that have been declared problematic or have had corrective actions imposed must have completed at least six months since being removed from such status.

    Nepal Rastra Bank clarified that the proposed interest rate would remain valid until the investment date. This move is expected to impact liquidity management in the banking system and intensify interest rate competition.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026