·

नेपाल राष्ट्र बैंकद्वारा रु. ५०० दरका नयाँ नोट छाप्न बोलपत्र आह्वान

Author

Nepse trading

नेपाल राष्ट्र बैंकद्वारा रु. ५०० दरका नयाँ नोट छाप्न बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले रु. ५०० दरका नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकले जारी गरेको सूचनामा २३ करोड थान नयाँ नोट छाप्ने तयारी भइरहेको उल्लेख छ। इच्छुक आपूर्तिकर्ताहरूले आगामी मे ३ तारिखसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र दर्ताका लागि २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ट स्टेर्लिङको शुल्क तोकिएको छ।

राष्ट्र बैंकले प्रिक्वालिफिकेसन प्रक्रियामा ६ विदेशी कम्पनीहरूलाई छनोट गरिसकेको छ। यी कम्पनीहरूमा चीन, बेलायत, जर्मनी, रूस, फ्रान्स र पोल्यान्डका नोट छपाइ कम्पनीहरू समावेश छन्। छनोटमा परेका कम्पनीहरूले बोलपत्र पेस गर्न सक्नेछन्, र न्यूनतम लागत प्रस्ताव गर्ने कम्पनीलाई बैंकले ठेक्का दिनेछ।

Related News