NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Issues New CSR Guidelines
    नेपाल राष्ट्र बैंकको नयाँ सीएसआर मार्गदर्शन जारी
    Investor
    2 min read
    Published on August 30, 2025
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकको नयाँ सीएसआर मार्गदर्शन जारीNepal Rastra Bank Issues New CSR Guidelines

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) खर्चलाई व्यवस्थित गर्न नयाँ मार्गदर्शन जारी गरेको छ। यसअघि २०८१ मा बनेको सीएसआर मार्गदर्शनलाई संशोधन गर्दै २०८२ मा नयाँ प्रावधानसहित लागु गरिएको हो। राष्ट्र बैंकको भनाइ अनुसार यसले सीएसआर खर्चलाई निष्पक्ष, पारदर्शी र लक्षित समुदायमुखी बनाउनेछ।

    बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआर कोषमा राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ। तर नयाँ प्रावधानअनुसार सो कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्नेछ। यसले खर्चलाई ढिला नगरी तत्काल लाभग्राहीसम्म पु¥याउने सुनिश्चित गर्नेछ।

    सीएसआर खर्चलाई गरिब, विपन्न तथा पिछडिएका समुदायलाई प्राथमिकतासहित परिचालन गर्नुपर्ने प्रावधान राखिएको छ। विशेषगरी शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता र दिगो विकास लक्ष्य (SDGs) पूरा गर्न सहयोग पुग्ने कार्यक्रममा कोष खर्च गर्नुपर्नेछ। साथै, प्राकृतिक प्रकोपबाट प्रभावित समुदायका विद्यालय भवन पुनर्निर्माणमा समेत यो रकम प्रयोग गर्न सकिनेछ।

    नयाँ मार्गदर्शनअनुसार अर्थशास्त्र, कानुन र व्यवस्थापन संकायमा अध्ययनरत न्यून आय भएका विद्यार्थीलाई स्नातकोत्तरदेखि पीएचडीसम्मका तहमा शोध तथा अनुसन्धानका लागि फेलोसिप वा रिसर्च ग्रान्ट उपलब्ध गराउन सकिनेछ। स्वास्थ्य क्षेत्रमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, शिविर सञ्चालन, पोषणयुक्त खाद्यान्न वितरण जस्ता कार्यक्रमलाई पनि सीएसआरमार्फत सहयोग गर्नुपर्नेछ।

    तर, बैंक तथा वित्तीय संस्थाले आफ्नो ब्रान्ड प्रवर्द्धन वा बजार विस्तारका नाममा सीएसआर खर्च गर्न नपाइनेछ। विज्ञापन, ¥याली, प्रायोजन, राजनीतिक दलका गतिविधि वा नाफामूलक कार्यमा गरिएको खर्चलाई सीएसआर मानिने छैन। त्यस्तै, संस्थापक, सञ्चालक वा उच्च पदाधिकारीसँग प्रत्यक्ष स्वार्थ जोडिएका कार्यक्रम वा व्यक्तिलाई सहयोग गर्ने खर्च पनि यसमा पर्न पाउने छैन।

    यस मार्गदर्शनअनुसार प्रत्येक अर्धवार्षिक अवधि सुरु हुनुभन्दा कम्तीमा १५ दिनअघि सीएसआर खर्चको सूची राष्ट्र बैंकमा बुझाउनुपर्नेछ। लक्षित वर्गको पहिचानका लागि सरकारी तथा अन्तर्राष्ट्रिय निकायका तथ्यांकलाई आधार बनाउन सकिने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकले प्रष्ट पारेको छ कि यदि सीएसआर कोषलाई गलत क्षेत्रमा खर्च गरिएको वा बैंकका कर्मचारी तथा निजी लाभका गतिविधिमा प्रयोग गरिएको भेटिएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कारबाही हुनेछ। यसले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्रभावकारी र उद्देश्यपूर्ण बनाउने अपेक्षा गरिएको छ।

    Nepal Rastra Bank (NRB) has issued new guidelines to regulate the Corporate Social Responsibility (CSR) spending of banks and financial institutions (BFIs). The previously introduced CSR Guidelines 2081 have been amended and reintroduced as CSR Guidelines 2082. According to NRB, this revision aims to make CSR spending fair, transparent, and more targeted toward underprivileged communities.

    As per the provision, banks and financial institutions must allocate at least 1% of their profit into the CSR fund. The new rule requires that at least 60% of the deposited CSR amount be spent within the same fiscal year. This ensures timely utilization of the funds so that the benefits reach the intended communities without delay.

    CSR spending must prioritize the poor, disadvantaged, and marginalized groups. The fund is to be used in areas such as education, health, environment, financial literacy, and activities aligned with the Sustainable Development Goals (SDGs). Additionally, reconstruction of school buildings in disaster-affected areas can also be included under CSR spending.

    The new guideline also allows providing fellowships and research grants for students from low-income families pursuing postgraduate, MPhil, or PhD studies in economics, law, and management faculties. In the health sector, support can be extended to free cataract surgeries, medical camps, and distribution of nutritious food to underprivileged children, pregnant women, and lactating mothers.

    However, the guidelines strictly prohibit using CSR funds for brand promotion or market expansion of the institution. Expenses on advertisements, rallies, sponsorships, political activities, or profit-making events cannot be accounted for as CSR. Similarly, providing donations or gifts to individuals linked with founders, directors, or senior management, under the name of philanthropy, will not be considered CSR spending.

    Each bank or financial institution must submit its half-yearly CSR spending plan to NRB at least 15 days before the start of the half-year period. For identifying the target groups, BFIs can also rely on reports and statistics published by the government or international organizations.

    NRB has clarified that if CSR funds are misused in areas outside the targeted groups, or spent for employees’ personal benefit or private projects, action will be taken under the Bank and Financial Institutions Act, 2073. The central bank believes that the new guidelines will make CSR spending more transparent, effective, and purpose-driven.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026