·

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, आज बोलकबोल

Author

NEPSE TRADING

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, आज बोलकबोल

नेपाल राष्ट्र बैंकले आज पुस २४ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’’ निष्कासन गर्दैछ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि यो ऋणपत्र जारी गर्न लागेको हो। इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आज मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सक्नेछन्। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने र आर्जित ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रको साँवा भुक्तानी २०८३ साल पुस २४ गते हुनेछ। न्यूनतम ५ करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म (५ करोडले भाग जाने गरी) बोलकबोल गर्न सकिने व्यवस्था छ। उक्त ऋणपत्रलाई धितोको रूपमा प्रयोग गर्न सकिने तथा यसमा गरिएको लगानी एसएलआर र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाइनेछ, तर सिआरआरमा गणना गर्न मिल्ने छैन। बोलकबोल स्वीकृत भएपछि खातामा पर्याप्त रकम नभएमा स्वीकृत रकम रद्द भई २.५० प्रतिशत हर्जाना लाग्ने र आगामी ६ महिनासम्म बोलकबोलमा सहभागी हुन नपाउने कडा व्यवस्था गरिएको छ।

Related News