NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Mandates 90% Daily Cash Reserve Requirement for BFIs
    राष्ट्र बैंकको नयाँ व्यवस्था: अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्नुपर्ने
    Investor
    1 min read
    Published on May 28, 2025
    NEPSE trading

    राष्ट्र बैंकको नयाँ व्यवस्था: अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्नुपर्नेNepal Rastra Bank Mandates 90% Daily Cash Reserve Requirement for BFIs

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि अनिवार्य नगद मौज्दात (CRR) सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको कम्तीमा ९० प्रतिशत रकम दैनिक रूपमा कायम गर्नुपर्नेछ।

    राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको निर्देशनअनुसार यो व्यवस्था २०८२ साल जेठ १८ गतेदेखि लागू हुनेछ। यसअघि, २०७९ साल भदौ १२ गतेदेखि कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था थियो, जसअनुसार कम्तीमा ७० प्रतिशत रकम दैनिक रूपमा बैंकमा राख्नु पर्ने थियो। अब भने उक्त न्यूनतम सीमा बढाएर ९० प्रतिशत पुर्‍याइएको हो।

    राष्ट्र बैंकको भनाइमा, ‘‘यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत यस बैंकमा राख्नु पर्नेछ। उक्त मौज्दातको कम्तीमा ९० प्रतिशत रकम दैनिक रूपमा राख्नुपर्नेछ।’’

    कसरी गरिन्छ मौज्दातको गणना?

    अनिवार्य मौज्दात गणना गर्न साप्ताहिक औसत निक्षेपको आधारमा प्रक्रिया अपनाइन्छ। कुल निक्षेप दायित्वको हकमा हरेक साता (आइतबारदेखि शनिबारसम्म) को कुल निक्षेप रकमलाई सातले भाग गरेर दैनिक औसत निर्धारण गरिन्छ। यसैगरी, मौज्दातको औसत पनि १४ दिनको अवधिमा आइतबारदेखि दोश्रो हप्ताको शनिबारसम्मको मौज्दातलाई चौधले भाग गरेर निकालिन्छ।

    यो नयाँ व्यवस्थाबाट बैंक तथा वित्तीय संस्थाहरूलाई थप अनुशासित बनाउने तथा मौद्रिक नीति कार्यान्वयनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले वित्तीय प्रणालीको स्थायित्व र पारदर्शिता अभिवृद्धिमा समेत योगदान पुर्‍याउने विश्वास गरिएकाे छ ।

    Nepal Rastra Bank (NRB) has introduced a new directive requiring banks and financial institutions (BFIs) under categories 'A', 'B', and 'C' to maintain at least 90% of their mandatory Cash Reserve Ratio (CRR) on a daily basis. The new rule will be effective from June 1, 2025 (Jestha 18, 2082 BS).

    Previously, from Bhadra 12, 2079 BS, BFIs were required to maintain 4% of their total deposit liabilities as CRR at NRB, with a minimum of 70% of that amount held daily. However, under the recent monetary policy review for the current fiscal year, the central bank has raised this minimum threshold to 90%.

    According to the NRB directive:

    > “Licensed ‘A’, ‘B’, and ‘C’ class institutions must maintain 4% of their total deposit liabilities as mandatory CRR at Nepal Rastra Bank, and at least 90% of this amount must be held on a daily basis starting from Jestha 18, 2082.”

    How Is CRR Calculated?

    To calculate the mandatory reserve, the weekly average deposit base is used. For deposit liability calculation, the total deposits from Sunday to Saturday are summed and divided by seven to determine the daily average. Similarly, for reserve calculations, the total daily reserves over a 14-day period (Sunday to the second Saturday) are summed and divided by 14 to obtain the daily average.

    Purpose of the Directive

    This move aims to strengthen financial discipline among BFIs and ensure smoother implementation of monetary policy. It is also expected to enhance the overall stability and transparency of Nepal’s financial system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026