
नेपाल राष्ट्र बैंकद्वारा ‘वासेल ३’ कार्यान्वयनको तयारीNepal Rastra Bank Prepares to Implement Basel
नेपाल राष्ट्र बैंकले ‘वासेल ३’ फ्रेमवर्क पूर्ण कार्यान्वयनको तयारी गरेको छ। चालु मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘वासेल फ्रेमवर्क अन लिक्विडिटी स्टाण्डर्ड’ सार्वजनिक गरी सुझाव मागेको छ। यसले तरलता सुनिश्चित गर्न लिक्विडिटी कभरेज रेसियो (एलसीआर) मार्फत ३० दिनको नगद व्यवस्थापन र उच्च गुणस्तरको तरल सम्पत्ति (एचक्वयुएलए) कायम गर्नुपर्ने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरूले सरकारी ऋणपत्र, निक्षेपलगायतबाट तरलता व्यवस्थापन गर्न सक्नेछन्। २०८२ असारदेखि वित्तीय विवरणमा प्रकाशन गर्नुपर्ने र २०८५ सम्म पूर्ण कार्यान्वयन गर्ने लक्ष्य छ।
Nepal Rastra Bank (NRB) is advancing the full implementation of the Basel III framework. As per the current monetary policy, the Bank and Financial Institution Regulation Department has released the ‘Basel Framework on Liquidity Standards’ for feedback. It ensures liquidity through the Liquidity Coverage Ratio (LCR), mandating high-quality liquid assets (HQLA) to cover 30 days of cash outflows. Commercial banks can manage liquidity using government bonds and deposits. Reporting began in 2024, with financial statement publication required from July 2025. Full implementation is targeted by 2028.




