NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Proposes New Guidelines for Savings and Credit Cooperatives
    बचत तथा ऋण सहकारी नियमनका लागि राष्ट्र बैंकको नयाँ मापदण्ड
    Investor
    2 min read
    Published on January 14, 2025
    NEPSE trading

    बचत तथा ऋण सहकारी नियमनका लागि राष्ट्र बैंकको नयाँ मापदण्ड Nepal Rastra Bank Proposes New Guidelines for Savings and Credit Cooperatives

    नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै निर्देशन र मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ। सहकारी नियमन प्राधिकरण स्थापना गर्ने सरकारको निर्णयअनुसार राष्ट्र बैंकले मस्यौदा तयार पारेको हो। पुस दोस्रो साता ल्याइएको अध्यादेशले सहकारी क्षेत्रको नियमनका लागि नयाँ कानुनी संरचना तयार पार्ने सरकारको पहललाई दर्शाउँछ।

    मस्यौदाका मुख्य प्रावधानहरू

    राष्ट्र बैंकको वेबसाइटमा राखिएको मस्यौदाका प्रमुख प्रावधानहरूमध्ये केही निम्न छन्:

    • कर्जा र निक्षेपको ब्याजअन्तर (स्प्रेड): अधिकतम ६ प्रतिशत।

    • कुल निक्षेपको कर्जामा सीमा: कुल निक्षेपको ९० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सकिने।

    • बिनाधितो कर्जा सीमा: बिनाधितो कर्जा अधिकतम ३ लाख रुपैयाँ।

    • सदस्यता अवधि: तीन महिनाभन्दा कम सदस्यता भएका व्यक्तिलाई ऋण प्रवाह गर्न नपाइने।

    • जग्गा-भवन खरिद: प्रतिस्पर्धात्मक विधिबाट मात्र कार्यालय प्रयोजनका लागि २५ प्रतिशत प्राथमिक पुँजी प्रयोग गर्न सकिने।

    • धितो मूल्यांकन: सहकारीले घरजग्गा धितोमा ऋण दिनुपूर्व अनुमतिप्राप्त मूल्यांकनकर्ताबाट धितो मूल्यांकन गराउनुपर्ने।

    मस्यौदामा सहकारी संस्थाहरूलाई उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गर्न प्रोत्साहन गरिएको छ। कुल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग, र व्यवसाय विस्तारमा लगानी गर्नुपर्नेछ। यदि हाल यो सीमा कायम छैन भने २०८३ असार मसान्तसम्म उक्त प्रावधान कार्यान्वयन गर्नुपर्नेछ।

    त्यस्तै, सहकारी संस्थाहरूले खराब ऋणको वर्गीकरण गर्नुपर्ने र नोक्सानी व्यवस्थापनको कोष बनाउने व्यवस्था गरिएको छ। कुल बचतको १५ प्रतिशत तरल सम्पत्ति रूपमा राख्नुपर्ने प्रावधानले सहकारी क्षेत्रलाई थप आर्थिक अनुशासनमा राख्ने अपेक्षा गरिएको छ।

    राष्ट्र बैंकले प्रस्तावित मापदण्डले सहकारी क्षेत्रको अनियमितता रोक्न र वित्तीय पारदर्शिता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। खासगरी, ब्याज दर व्यवस्थापन, कर्जामा सीमितता, र धितो मूल्यांकनका प्रावधानले जोखिम न्यूनीकरणमा मद्दत गर्नेछ।

    तर, यी मापदण्ड कार्यान्वयन गर्न सहकारी संस्थाहरूलाई पर्याप्त समय र सहयोग चाहिन्छ। विशेषतः ग्रामीण क्षेत्रमा क्रियाशील सहकारीहरूले नयाँ मापदण्डका लागि पूर्वाधार विकासमा चुनौतीको सामना गर्न सक्छन्।

    अध्यादेशद्वारा सहकारी नियमन प्राधिकरण स्थापना गरिनु सहकारी क्षेत्रमा दीर्घकालीन सुधारका लागि महत्त्वपूर्ण कदम हो। यसले बचतकर्ताको लगानीको सुरक्षाका साथै सहकारी क्षेत्रप्रतिको विश्वास पुनर्स्थापना गर्ने अपेक्षा गरिएको छ।

    सरकारले सहकारी क्षेत्रमा सुधारका लागि सक्रिय भूमिका खेलेको देखिन्छ। तर, नयाँ मापदण्ड कार्यान्वयनमा सहकारीहरूको भौगोलिक र आर्थिक अवस्थालाई ध्यानमा राखेर लचिलोपन अपनाउनु आवश्यक छ। यसले सहकारीहरूको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्नेछ।

    अबको समय सहकारी क्षेत्रले यी मापदण्डहरूलाई कसरी आत्मसात् गर्छ र यसले सहकारीहरूको आर्थिक प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्नेमा निर्भर हुनेछ।

    Nepal Rastra Bank (NRB) has unveiled a draft of new guidelines and standards for regulating savings and credit cooperatives. The draft has been prepared following the government’s decision to establish a Cooperative Regulation Authority. The proposed measures aim to bring greater oversight and financial discipline to the cooperative sector, which has faced issues of mismanagement in recent years.

    Key Provisions in the Draft

    The draft, available on the NRB website, outlines several important measures, including:

    • Interest Spread on Loans and Deposits: The maximum interest spread is capped at 6%.

    • Credit Limit on Total Deposits: Cooperatives can only lend up to 90% of their total deposits.

    • Unsecured Loan Limit: Unsecured loans are capped at NPR 300,000.

    • Membership Requirement: Only members with at least three months of membership can avail of loans.

    • Real Estate Acquisition: Cooperatives can use up to 25% of their primary capital to purchase or build office premises, provided it is done transparently and through competitive bidding.

    • Collateral Valuation: Real estate collateral must be appraised by authorized evaluators before loans are approved.

    The draft guidelines encourage cooperatives to channel at least 50% of their loans into productive sectors such as agriculture, industry, and business expansion. If this requirement is not currently met, cooperatives have until the end of FY 2083 (mid-July 2027) to comply.

    The proposed rules also mandate cooperatives to classify bad loans and create a reserve fund for potential losses. Additionally, cooperatives must maintain at least 15% of total deposits as liquid assets, ensuring financial stability.

    NRB’s proposed measures are expected to address long-standing issues of mismanagement and enhance financial transparency in the cooperative sector. Provisions like interest spread limits, loan caps, and mandatory collateral valuation aim to mitigate risks and protect depositors' savings.

    However, implementing these guidelines may pose challenges for cooperatives, particularly in rural areas where resources are limited. The focus on productive sectors like agriculture and industry signals a shift towards fostering economic growth through cooperative activities.

    The government's decision to establish a Cooperative Regulation Authority highlights its commitment to reforming the sector. The draft also mentions that cooperatives must present detailed financial plans and comply with liquidity and capital adequacy requirements by mid-July 2027.

    While the guidelines are stringent, they aim to restore trust in cooperatives by ensuring that depositors’ investments are secure and utilized effectively. With appropriate support, these measures can pave the way for sustainable growth and transparency in the cooperative sector.

    The cooperative sector’s ability to adapt to these changes will determine the success of these reforms. Transparency in implementation, capacity-building initiatives, and collaboration between regulatory bodies and cooperatives will be crucial in achieving these objectives.

    The proposed regulations represent a significant step forward in safeguarding the interests of depositors while promoting financial discipline within Nepal’s cooperative sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026