·

राष्ट्र बैंकले ‘एआई गाइडलाइन’को मसौदा सार्वजनिक, पुस १५ भित्र सुझाव माग

Author

NEPSE TRADING

राष्ट्र बैंकले ‘एआई गाइडलाइन’को मसौदा सार्वजनिक, पुस १५ भित्र सुझाव माग

नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) गाइडलाइन’ को मसौदा तयार पारी सार्वजनिक गरेको छ। डिजिटल प्रविधिको विस्तारसँगै बैंकिङ क्षेत्रलाई सुरक्षित र दिगो रूपमा प्रविधिमैत्री बनाउनका लागि एआई सम्बन्धी मार्गदर्शन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ।

आइतबार मसौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त गाइडलाइनमा आवश्यक सुझाव तथा प्रतिक्रिया दिन सर्वसाधारण, सरोकारवाला, बैंक तथा वित्तीय संस्था, विज्ञ, अनुसन्धानकर्ता र उद्योगसँग आबद्ध व्यक्तिहरूलाई आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार एआई गाइडलाइनका लागि २०८२ पुस १५ गतेभित्र लिखित रूपमा वा इमेलमार्फत सुझाव पठाउन सकिनेछ। प्राप्त सुझावका आधारमा मसौदा परिमार्जन गरी अन्तिम गाइडलाइन जारी गरिने बताइएको छ।

राष्ट्र बैंकले एआईको प्रयोग बैंकिङ तथा वित्तीय क्षेत्रमा जोखिम व्यवस्थापन, ग्राहक सेवा, सुरक्षा मापदण्ड, डाटा गोपनीयता, प्रविधि स्वीकार्यता र नियमनसहितका क्षेत्रमा कस्तो ढंगले लागू गर्न सकिने भन्ने विषयमा गाइडलाइनले स्पष्टता दिने विश्वास व्यक्त गरेको छ।

Related News