NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  1. News
  2. Investor
  3. Nepal Rastra Bank Report: Inflation at 4.71%, Increase in Imports and Remittance Inflows
नेपाल राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति ४.७१ प्रतिशत, आयात र विप्रेषण प्रवाहमा वृद्धि
Investor
1 min read
Updated on February 2, 2025
NEPSE trading

नेपाल राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति ४.७१ प्रतिशत, आयात र विप्रेषण प्रवाहमा वृद्धिNepal Rastra Bank Report: Inflation at 4.71%, Increase in Imports and Remittance Inflows

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति ४.७१ प्रतिशत कायम रहेको छ।

राष्ट्र बैंकका तथ्यांकअनुसार आयात ७.१ प्रतिशतले वृद्धि हुँदा निर्यातमा २.९ प्रतिशतको वृद्धि देखिएको छ। विप्रेषण प्रवाहमा पनि ११.१ प्रतिशतले वृद्धि भएको छ, जसले मुलुकको भुक्तानी सन्तुलन सुधार गरेको देखिन्छ।

शोधनान्तर स्थिति १३९ अर्ब २१ करोड नाफामा रहेको छ भने कुल वैदेशिक विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भएको छ। तर, नेपाल सरकारले ६६.१७ अर्ब रुपैयाँ राजस्व घाटा बेहोरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन ७.१ प्रतिशत र कर्जा प्रवाह ६.५ प्रतिशतले वृद्धि भएको छ। विस्तृत मुद्रआपूर्ति ९ प्रतिशतले वृद्धि हुँदा वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकको विश्लेषण छ।

६ महिनामा वस्तु निर्यात ३१.८% वृद्धि, व्यापार घाटा ७२३ अर्ब नाघ्यो

आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालका कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएर ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार भारततर्फको निर्यात ४६.१%, चीनतर्फको १९.७%, तथा अन्य मुलुकतर्फ १% ले वृद्धि भएको छ।

बढी निर्यात भएका वस्तुहरूमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुहरू छन्। यस्तै, पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतको निर्यात घटेको छ।

६ महिनामा कुल वस्तु आयात ७१% ले वृद्धि भई ८२२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। भारतबाट ५.९%, चीनबाट ८.९%, तथा अन्य मुलुकबाट ९०% ले आयात वृद्धि भएको छ। मुख्य रूपमा कच्चा भटमास तेल, चामल, सवारी साधन, स्पेयर पार्ट्स, स्पन्ज आइरन, खाने तेल जस्ता वस्तुको आयात बढेको देखिएको छ।

व्यापार घाटा ४.४% वृद्धि भई ७२३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। निर्यात-आयात अनुपात १२% पुगेको छ, जुन अघिल्लो वर्ष ९.८% मात्र थियो। भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड बराबरको आयात भएको छ।

६ महिनामा नेपाल सरकारको खर्च ६६७ अर्ब, राजस्व ५५९ अर्ब

पुस मसान्तसम्म नेपाल सरकारको कुल खर्च ६६७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५५९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ८४ करोड अमेरिकी डलर पुगेको छ। विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले वृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।

वार्षिक बिन्दुगत आधारमा निक्षेप वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह ७.० प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व कायम भए पनि राजस्व संकलनमा चुनौती कायमै छ।

https://www.nrb.org.np/contents/uploads/2025/02/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2081.82.pdf

Nepal Rastra Bank has released the economic and financial status report for the first six months of the fiscal year 2081/82. According to the central bank, the annual consumer price index-based inflation stands at 4.71%.

The report shows that imports have increased by 7.1%, while exports have grown by 2.9%. Additionally, remittance inflows have surged by 11.1%, contributing to an improved balance of payments.

The balance of payments surplus stands at NPR 139.21 billion, while the total foreign exchange reserves have expanded by 13.8%. However, the Nepalese government has incurred a revenue deficit of NPR 66.17 billion.

Banking and financial institutions have recorded a 7.1% increase in deposit collection and a 6.5% rise in credit disbursement. With broad money supply increasing by 9%, Nepal Rastra Bank asserts that financial stability remains intact.

https://www.nrb.org.np/contents/uploads/2025/02/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2081.82.pdf

Trending News

  • Trending2 Jul, 2026

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    Read news
  • Trending2 Jul, 2026

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    Read news
  • Trending2 Jul, 2026

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    Read news

Related News

  • NEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending
    Investor

    3 min read

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Nepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected
    Top

    1 min read

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Government Claims Early Economic Gains Amid Reform Drive
    Top

    2 min read

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Draft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects
    Investor

    1 min read

    कम्पनी ऐन संशोधन मस्यौदामा पूर्वाधार लगानीकर्तालाई नयाँ सुरक्षाDraft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Foreign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive
    Investor

    1 min read

    विदेशी मुद्रा विनिमय दर : डलरको बिक्री मूल्य १५१.७६ रुपैयाँ, कुवेती दिनार सबैभन्दा महँगोForeign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive

    Dipesh Ghimire

    ·

    1 Jul, 2026