NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Requires Casinos to Obtain License for Foreign Currency Transactions
    राष्ट्र बैंकको नयाँ व्यवस्था : क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि इजाजत लिनुपर्ने
    Investor
    1 min read
    Published on November 11, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकको नयाँ व्यवस्था : क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि इजाजत लिनुपर्नेNepal Rastra Bank Requires Casinos to Obtain License for Foreign Currency Transactions

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो र यस्ता प्रकृतिका संस्थाहरूले विदेशी मुद्रा कारोबार गर्नका लागि अनिवार्य रूपमा इजाजत लिनुपर्ने व्यवस्था गरेको छ।

    केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्रा कारोबार गर्नका लागि अनुमति (इजाजत) आवश्यक हुने नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

    राष्ट्र बैंकका अनुसार क्यासिनोलगायतका संस्थाहरूले इजाजत प्राप्त गरी मात्र विदेशी विनिमय (भारतीय रुपैयाँसहित) कारोबार गर्न वा गराउन सक्नेछन्। यसअघि क्यासिनोहरूले स्वेच्छिक रूपमा विदेशी मुद्राको प्रयोग गर्ने प्रचलन थियो, जुन अब औपचारिक स्वीकृतिपछि मात्र सम्भव हुनेछ।

    केन्द्रीय बैंकले यसअघि पनि विदेशी विनिमयसम्बन्धी विभिन्न विनियमावलीहरू जारी गर्दै नियमन कडा पारेको थियो। नयाँ व्यवस्थाले विदेशी मुद्रा कारोबारमा पारदर्शिता बढाउने र नियमन सुदृढ गर्ने उद्देश्य लिएको राष्ट्र बैंकले जनाएको छ।

    यससँगै राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन पनि जारी गरेको छ, जसअन्तर्गत ‘डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड’बाट गरिने कारोबारको सीमा पुनः निर्धारण गरिएको छ।

    नयाँ प्रावधानअनुसार,

    • डेबिट कार्डबाट अब प्रतिकारोबार अधिकतम २० हजार रुपैयाँ बराबर मात्र गर्न सकिनेछ,
      र प्रति दिन ५० हजार रुपैयाँसम्म कारोबार गर्न सकिनेछ। (पहिले दैनिक सीमा १ लाख रुपैयाँ थियो।)

    • प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ, दैनिक २० हजार रुपैयाँ, र मासिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ।

    • क्रेडिट कार्डका हकमा भने पहिलेको जस्तै स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न सकिने व्यवस्था कायम राखिएको छ।

    राष्ट्र बैंकले यी व्यवस्थाहरूले भुक्तानी प्रणालीमा नियन्त्रण, सुरक्षा र आर्थिक अनुशासन बढाउने विश्वास व्यक्त गरेको छ।

    Kathmandu — The Nepal Rastra Bank (NRB) has introduced a new rule requiring casinos and similar institutions to obtain official authorization before engaging in foreign currency transactions.

    In a public notice issued on Tuesday, the central bank stated that, under Section 3 of the Foreign Exchange (Regulation) Act, 2019, entities must obtain a license from NRB to conduct foreign exchange activities.

    According to the new provision, casinos and similar establishments must receive formal approval from NRB to conduct or facilitate transactions involving foreign currencies, including Indian Rupees. Previously, casinos were informally using foreign currencies, but under the new rule, such transactions will only be permitted with official authorization.

    NRB noted that this move builds on existing foreign exchange regulations and aims to enhance transparency and regulatory oversight in currency dealings within entertainment and hospitality sectors.

    At the same time, the central bank has also issued a Unified Payment System Directive, setting new transaction limits for debit, credit, and prepaid cards.

    Under the revised guidelines:

    • Debit cards can now be used for transactions of up to NPR 20,000 per transaction and NPR 50,000 per day (previously NPR 100,000 per day).

    • Prepaid cards are limited to NPR 10,000 per transaction, NPR 20,000 per day, and NPR 200,000 per month — the same as before, with no changes.

    • For credit cards, the earlier provision allowing transactions up to 10% of the approved limit remains unchanged.

    NRB stated that these measures are intended to strengthen financial discipline, enhance transaction security, and ensure better control over the payment system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026