·

कर्णाली विकास बैंकमा राष्ट्र बैंकको कारबाही, निक्षेप र कर्जा रोक, के हुन्छ शेयर मूल्य ?

Author

NEPSE trading

कर्णाली विकास बैंकमा राष्ट्र बैंकको कारबाही, निक्षेप र कर्जा रोक, के हुन्छ शेयर मूल्य ?

नेपालगन्जस्थित कर्णाली विकास बैंकको वित्तीय अवस्था समस्याग्रस्त देखिएपछि नेपाल राष्ट्र बैंकले यस बैंकलाई थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाएको छ।

राष्ट्र बैंकको निरीक्षणमा तोकिएको पूँजीकोष अनुपात कायम नगरेको र निष्क्रिय कर्जा (NPL) अनुपात ४०.८५ प्रतिशत पुगेको देखिएपछि यस्तो निर्णय गरिएको हो।

राष्ट्र बैंकको सूचनामा भनिएको छ:
“संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने उद्देश्यले सो संस्थालाई आजैका मितिबाट लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ खाता खोल्न र कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको जानकारी गराइन्छ।”

यद्यपि कमजोर वित्तीय सूचकका बावजुद, पछिल्लो समय सेयर बजारमा कर्णाली विकास बैंकको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च ८४० रुपैयाँ पुगेको छ भने सोमबार मात्रै ५.६६ प्रतिशतले वृद्धि भएको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा १ करोड ९८ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ।

Related News