NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Revises Unified Directive, Eases Blacklisting and Branch Merger Rules
    राष्ट्र बैंकको एकीकृत निर्देशन संशोधन, कालोसूची र शाखा व्यवस्थापनमा लचकता
    Investor
    3 min read
    Published on December 15, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकको एकीकृत निर्देशन संशोधन, कालोसूची र शाखा व्यवस्थापनमा लचकताNepal Rastra Bank Revises Unified Directive, Eases Blacklisting and Branch Merger Rules

    काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गर्दै आएको एकीकृत निर्देशन–२०८१ मा संशोधन र परिमार्जन गर्दै नयाँ निर्देशन लागू गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेलले सोमबार संशोधित निर्देशन सार्वजनिक गरेका हुन्।

    नयाँ निर्देशनले गैर–बैंकिङ सम्पत्ति (धितो) सकार, नोक्सानी व्यवस्था, कालोसूची, तथा शाखा व्यवस्थापन सम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ।

    तीन पटक लिलामीपछि मात्र धितो सकार गर्न पाइने

    संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका क्रममा कम्तीमा तीन पटकसम्म धितो लिलामी प्रक्रिया पूरा गर्दा पनि बिक्री नभएको अवस्थामा मात्र उक्त धितो आफैंले सकार गर्न पाउनेछन्। यसअघि लिलामीमा बिक्री नभएमा तत्कालै धितो सकार गर्नुपर्ने व्यवस्था थियो।

    राष्ट्र बैंकका अनुसार यसले बैंकहरूलाई धितो सकार गर्न हतार नगरी कर्जा असुली प्रक्रियालाई प्राथमिकता दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    धितो सकार गरेपछि ऋणी कालोसूचीबाट हट्ने

    नयाँ व्यवस्थाअनुसार, बैंकले ऋण बराबरको गैर–बैंकिङ सम्पत्ति सकार गरी सम्पूर्ण लेना रकम असुल गरेको अवस्थामा सम्बन्धित ऋणी कालोसूचीबाट हट्नेछन्। तर, यस्तो अवस्थामा ऋणीले उक्त सम्पत्तिमाथि हकदाबी छोडेको लिखित प्रतिबद्धता दिनुपर्ने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकले यो प्रावधानलाई परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ऋणीलाई राहत दिने उपायका रूपमा व्याख्या गरेको छ।

    भूलवश कालोसूची परेकालाई सीईओको सिफारिसमै हटाउन सकिने

    संशोधित निर्देशनले भूलवश कालोसूचीमा परेका व्यक्ति, फर्म वा संस्थालाई हटाउने प्रक्रिया पनि सरल बनाएको छ। अब यस्तो अवस्थामा सम्बन्धित बैंकको कार्यकारी प्रमुख (सीईओ)को निर्णय र सिफारिसको आधारमा कालोसूचीबाट नाम हटाउन सकिनेछ।

    यसअघि यसका लागि बैंकको सञ्चालक समितिको निर्णय अनिवार्य थियो। राष्ट्र बैंकले यो व्यवस्थालाई प्रशासनिक लचकता र शीघ्र न्यायका लागि आवश्यक कदम भनेको छ।
    भूलवश कालोसूचीमा परेर पछि हटाइएकाहरूलाई कालोसूचीमा परेको मानिने छैन, तर त्यस्ता विवरण त्रैमासिक रूपमा सञ्चालक समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, कालोसूचीमा रहेका व्यक्तिलाई तलबी खाता खोल्न पाउने व्यवस्था पनि संशोधित निर्देशनले गरेको छ।

    कालोसूची धेरै भएपछि कर्जा माग घटेको गभर्नरको भनाइ

    राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पछिल्लो समय कालोसूचीमा पर्नेको संख्या अत्यधिक बढ्दा कर्जा माग नै कमजोर भएको सार्वजनिक रूपमा बताउँदै आएका छन्।
    विभिन्न आर्थिक शिथिलता र व्यवसायिक मन्दीका कारण नियतवश नभई परिस्थितिजन्य कारणले ऋण तिर्न नसक्नेहरूको संख्या बढेको भन्दै कालोसूचीसम्बन्धी व्यवस्था केही खुकुलो बनाउनुपर्ने उनको धारणा थियो।

    हाल करिब डेढ लाख व्यक्ति बैंकको कालोसूचीमा रहेको राष्ट्र बैंकको अनुमान छ।

    महानगरभित्र शाखा मर्ज गर्न राष्ट्र बैंकको अनुमति नचाहिने

    संशोधित निर्देशनले बैंक तथा वित्तीय संस्थालाई महानगरपालिका क्षेत्रभित्र रहेका शाखा कार्यालयहरू राष्ट्र बैंकको अनुमति बिना नै मर्ज (समायोजन) गर्न सक्ने व्यवस्था गरेको छ।

    यद्यपि, कार्यालय बन्द, स्थानान्तरण वा गाभ्ने विषयमा सामान्यतया राष्ट्र बैंकको अनुमति आवश्यक रहनेछ। महानगर क्षेत्रका हकमा भने डिजिटल बैंकिङ विस्तार र शाखाको अत्यधिक संख्यालाई ध्यानमा राख्दै विशेष लचकता दिइएको राष्ट्र बैंकले जनाएको छ।

    शाखा समायोजनमा ९० दिनको सूचना अनिवार्य

    शाखा समायोजन गर्नुअघि कम्तीमा ९० दिन अगावै राष्ट्रियस्तरको दैनिक पत्रिका, बैंकको वेबसाइट र सम्बन्धित शाखाको सूचनापाटीमा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ।

    सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित शाखा समायोजन गर्नुपरेमा सम्बन्धित संस्थाको लिखित सहमति अनिवार्य हुनेछ।
    शाखा मर्जका कारण ग्राहकले कर्जा चुक्ता गर्न वा सेवा बन्द गर्न चाहेमा कुनै शुल्क नलिई सो सुविधा दिनुपर्ने व्यवस्था पनि गरिएको छ।

    सबै स्थानीय तहमा शाखा खोल्ने नीति हटाइयो

    राष्ट्र बैंकले यसअघि लागू गरेको ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नुपर्ने नीति पनि हटाएको छ। यही नीतिका कारण हाल सबै स्थानीय तहमा बैंकको पहुँच पुगेको भए पनि डिजिटल बैंकिङको विस्तारसँगै भौतिक शाखाको आवश्यकता घट्दै गएको निष्कर्षसहित नीति खारेज गरिएको हो।

    समग्र प्रभाव

    नयाँ निर्देशनले कर्जा असुली, कालोसूची व्यवस्थापन र शाखा संरचनामा लचकता ल्याउँदै बैंकिङ प्रणालीलाई व्यवहारिक बनाउने प्रयास गरेको देखिन्छ। तर, यसले ऋण अनुशासनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने राष्ट्र बैंकले निगरानी कडा बनाउने संकेत पनि दिएको छ।

    Kathmandu — Nepal Rastra Bank (NRB) has issued a revised and amended Unified Directive–2081, introducing significant changes in loan recovery procedures, blacklisting rules, and branch management for banks and financial institutions. The new directive was issued on Monday by Ramu Poudel, Executive Director of the Bank and Financial Institutions Regulation Department.

    The revised directive aims to make banking regulations more practical and flexible, particularly in response to economic slowdown, rising non-performing loans, and the growing role of digital banking.

    Collateral Can Be Acquired Only After Three Failed Auctions

    Under the new provision, banks and financial institutions are now allowed to acquire non-banking assets (collateral) only after completing at least three auction attempts if the collateral fails to sell. Earlier, banks were required to acquire the collateral themselves when auction attempts were unsuccessful during loan recovery.

    NRB stated that this change is intended to ensure that banks prioritize loan recovery over asset acquisition, preventing premature booking of non-banking assets.

    Borrowers Removed from Blacklist After Full Recovery Through Collateral

    A key reform in the directive allows borrowers to be removed from the blacklist if the bank fully recovers its outstanding dues by acquiring collateral equal to the loan amount. However, the borrower must provide a written commitment relinquishing all ownership claims over the collateral.

    According to NRB, this provision is meant to support borrowers who defaulted due to situational or economic difficulties rather than willful intent, allowing them to re-enter the financial system after settlement.

    Mistaken Blacklisting Can Be Reversed by CEO Decision

    The revised directive also simplifies the process of removing borrowers who were mistakenly blacklisted. Previously, removal required a recommendation from the bank’s board of directors. Under the new rule, a decision by the bank’s Chief Executive Officer (CEO) will be sufficient to request immediate removal from the blacklist.

    NRB has clarified that individuals or entities removed under this provision will not be considered blacklisted, though banks must report such cases to their boards on a quarterly basis to maintain internal accountability.

    The directive also allows blacklisted individuals to open salary accounts, ensuring access to basic financial services.

    Background: Rising Blacklist Numbers

    NRB Governor Dr. Bishwanath Paudel has repeatedly expressed concern over the growing number of borrowers on the blacklist, stating that excessive blacklisting has weakened overall credit demand.
    According to NRB estimates, around 150,000 individuals are currently blacklisted.

    The governor has emphasized that recent economic stress and business slowdowns have pushed many borrowers into default due to circumstances rather than misconduct, prompting the central bank to adopt a more facilitative approach.

    Banks Allowed to Merge Branches Within Metropolitan Areas

    The revised directive also allows banks and financial institutions to merge branch offices within metropolitan cities without prior approval from NRB. This flexibility has been introduced in response to the rapid expansion of digital banking services and the declining necessity of physical branches.

    However, NRB has set conditions for such mergers. Branches established to serve government or public institutions may be merged only with written consent from the concerned entity.

    Mandatory Public Notice Before Branch Merger

    Before merging branches, banks must issue a minimum 90-day public notice through a national daily newspaper, the bank’s official website, and the notice board of the affected branch.

    If two or more branches are merged, customers must be allowed to repay loans or discontinue services without any fees, ensuring consumer protection during the transition.

    The directive defines branch adjustment as the merger of two or more branches into a single operational unit.

    Policy Shift Reflects Changing Banking Landscape

    NRB has acknowledged that banks aggressively expanded branch networks in the past to increase market presence. However, with the growth of digital transactions and electronic payment systems, many branches have become operationally inefficient and financially burdensome.

    In line with this shift, NRB has also withdrawn its earlier policy requiring commercial bank branches in all 753 local governments, noting that nationwide banking access has already been achieved.

    The revised Unified Directive signals NRB’s effort to balance financial discipline with economic realism. While the changes provide relief to borrowers and operational flexibility to banks, NRB has indicated that regulatory monitoring will remain strict to prevent misuse.

    Analysts believe the reforms could help revive credit demand and improve banking efficiency, provided risk management standards are carefully enforced.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026