NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Takes Action Against Kumari Bank and Prime Commercial Bank
    राष्ट्र बैंकको कारबाही : कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई  सचेत
    Investor
    1 min read
    Published on November 10, 2025
    NEPSE trading

    राष्ट्र बैंकको कारबाही : कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेतNepal Rastra Bank Takes Action Against Kumari Bank and Prime Commercial Bank

    काठमाडौं । नियम विपरीत गतिविधि गरेको आरोपमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा परेका बैंकहरूमा कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेड रहेका छन्।

    राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत कालोसूचीमा रहेका व्यक्ति तथा संस्थासँग बैंकिङ कारोबार गरेको पाइएको हो। राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनअनुसार, कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले फुकुवा नहुँदासम्म आफ्नो खातामा रकम जम्मा गर्न बाहेक अन्य कुनै पनि प्रकारको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ। तर, उक्त निर्देशनको उल्लंघन गरेकाले कुमारी बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) अनुसार सचेत गराइएको छ।

    त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि राष्ट्र बैंकको निर्देशन अनुसार कर्जाको वर्गीकरण तथा नोक्सानी व्यवस्था गर्न नसकेको पाइएको छ। निरीक्षणका क्रममा केही कर्जालाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरिएको, केहीमा कर्जा नोक्सानी व्यवस्था कायम नगरिएको, र जोखिम भार गणना गर्दा क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५ को मापदण्ड पालना नभएको पाइएको राष्ट्र बैंकले जनाएको छ।

    उक्त कारणले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम सचेत गराइएको छ।

    राष्ट्र बैंकले नियामक नियमहरूको कडाइका साथ पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ र भविष्यमा यस्ता उल्लंघन दोहोरिए कडा कारबाही हुने चेतावनी समेत दिएको छ।

    Kathmandu: Nepal Rastra Bank (NRB) has taken action against two commercial banks—Kumari Bank Limited and Prime Commercial Bank Limited—for violating regulatory provisions during the first quarter of the current fiscal year.

    According to NRB, Kumari Bank failed to comply with the central bank’s directives by engaging in banking transactions with individuals and entities listed on the blacklist. As per the unified directive issued by NRB, individuals, firms, companies, or organizations on the blacklist are prohibited from conducting any banking transactions except for depositing money into their own accounts until they are officially removed from the list.

    Since Kumari Bank violated this provision, the bank has been warned under Section 100(1)(a) of the Nepal Rastra Bank Act, 2058 (2002).

    Similarly, Prime Commercial Bank was found to have failed to properly classify certain loans based on overdue periods as required by NRB’s unified directive. The inspection revealed that some loans were not classified correctly, loss provisions were not maintained as per the loan default period, and the bank did not calculate risk weights in line with the Capital Adequacy Framework, 2015 issued by NRB.

    As a result, the Chief Executive Officer of Prime Commercial Bank has been warned under Section 100(2)(a) of the Nepal Rastra Bank Act, 2058 (2002).

    Nepal Rastra Bank has reminded all banks and financial institutions to strictly adhere to regulatory requirements and has warned that stricter actions will be taken in the future against any institution found violating its directives.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026