NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank to Absorb Rs. 25 Billion from Excess Liquidity
    अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्ने
    Investor
    1 min read
    Published on September 7, 2025
    NEPSE TRADING

    अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्नेNepal Rastra Bank to Absorb Rs. 25 Billion from Excess Liquidity

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिँदै आएको छ, तर कर्जा प्रवाह भने अपेक्षित स्तरमा पुग्न सकेको छैन। ब्याजदर निरन्तर घट्दा पनि कर्जा प्रवाह सुस्त बनेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को प्रयोग गर्दै थप तरलता खिच्ने तयारी गरेको हो।

    राष्ट्र बैंकका अनुसार २१ दिने निक्षेप संकलन उपकरणमार्फत उठाइने यो रकम असोज १२ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिनेछ। निक्षेप संकलनमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने व्यवस्था गरिएको छ।

    बोलकबोल प्रक्रियामा ब्याजदर प्रतिस्पर्धात्मक तरिकाले निर्धारण हुनेछ। यसबाट प्राप्त निक्षेपलाई राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने सुविधा पनि दिइनेछ। साथै, बहुब्याजदरमा बहुबोलकबोल गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

    राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र निक्षेप संकलन उपकरणमा सहभागी हुन दिने जनाएको छ। गत आर्थिक वर्षको मध्यतिरदेखि बढेको अधिक तरलता अहिले बैंकिङ क्षेत्रमा नै प्रमुख चुनौती बनेको छ। बजारमा माग घट्नु र व्यवसायमा शिथिलता आउनुले कर्जा प्रवाह अपेक्षितरूपमा नहुँदा, केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा सक्रिय हुनुपर्ने अवस्था आएको हो।

    Nepal Rastra Bank (NRB) has announced that it will absorb Rs. 25 billion from the banking system in order to manage the growing excess liquidity. For a long time, banks and financial institutions have been struggling with surplus liquidity, but credit flow has not reached the expected level. Even though interest rates have continuously declined, lending has remained sluggish.

    According to NRB, the central bank will use a 21-day deposit collection instrument to withdraw the funds. The principal and interest will be repaid on Ashoj 12. Participating banks and financial institutions will be allowed to bid for deposits with a minimum of Rs. 100 million and up to a maximum of Rs. 5 billion. The bidding process will be held today at 3 PM.

    The interest rate will be determined through an auction process, and the collected deposits can be used as collateral in other banks and financial institutions, excluding NRB. Multiple bids with different interest rates will also be allowed. Only ‘A’, ‘B’, and ‘C’ class banks and financial institutions will be eligible to participate.

    Since mid-last fiscal year, excess liquidity has emerged as one of the major challenges in Nepal’s banking sector. Due to weak demand in the market and slow business activities, banks have not been able to disburse loans as expected. This has forced NRB to actively step in to manage liquidity in the system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026