NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank to Absorb Rs. 50 Billion in Deposits Today Through Bidding Process
    राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै, बैंकहरूको अधिक तरलता व्यवस्थापन गर्न बोलकबोल सुरु
    Investor
    1 min read
    Published on November 23, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै, बैंकहरूको अधिक तरलता व्यवस्थापन गर्न बोलकबोल सुरुNepal Rastra Bank to Absorb Rs. 50 Billion in Deposits Today Through Bidding Process

    नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रूपियाँ बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थाहरूबाट तान्ने भएको छ। राष्ट्र बैंकले मध्यान्ह २ बजे बोलकबोल (auction) मार्फत उक्त रकम संकलन गर्न लागेको हो।

    राष्ट्र बैंकले यो निक्षेप ८६ दिनका लागि तान्न लागेको हो। बोलकबोलमा बाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। सहभागी संस्थाहरूले बोलकबोलमा आफ्नो प्रस्तावित व्याजदर राख्नुपर्ने छ।

    बैंकहरूले आवश्यक परे बहुबोलकबोल (multiple bidding) पनि गर्न सक्नेछन्। सो क्रममा सबैभन्दा कम व्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।

    हाल बैंकिङ प्रणालीमा अधिक तरलता रहेको अवस्था छ। कर्जाको माग कमजोर हुँदा बैंकहरूमा ठूलो मात्रामा रकम थुप्रिएको छ। यही तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक निक्षेप संकलन गर्दै आएको छ। आजको ५० अर्ब निक्षेप तान्ने बोलकबोल पनि सोही निरन्तरतामा गरिएको हो।

    आजको बोलकबोलमा बैंकहरूले न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम ५ करोडले भाग जानेगरी प्रस्तावित रकमसम्म आवेदन दिन सक्नेछन्। बैंकहरूले राष्ट्र बैंकमा राखेको यो निक्षेप अन्य बैंक तथा वित्तीय संस्थामा धितो (collateral) को रूपमा पनि प्रयोग गर्न सकिने व्यवस्था छ।

    राष्ट्र बैंकले यो निक्षेप ८६ दिनपछि (फागुन ५ गते) सावाँ र ब्याज भुक्तानी गर्नेछ। कर्जाको माग कम र तरलता अत्यधिक रहेको अवस्थामा राष्ट्र बैंकको यो कदम बैंकिङ प्रणालीमा स्थिरता र तरलता व्यवस्थापनको प्रभावकारी उपायका रूपमा हेरिएको छ।

    Nepal Rastra Bank (NRB) is set to absorb Rs. 50 billion in deposits from banks and financial institutions today. The central bank will conduct the collection through a bidding process at 2:00 PM this afternoon.

    NRB will withdraw the deposits for a period of 86 days, and commercial banks, development banks, and finance companies are eligible to participate. These institutions must propose the interest rate at which they are willing to place their deposits with NRB.

    Banks will also be allowed to submit multiple bids, and the bids offering the lowest interest rates will be prioritized by the central bank.

    At present, Nepal’s banking system is experiencing excess liquidity, largely due to weak loan demand. Banks have accumulated large volumes of idle funds, and NRB has been regularly absorbing liquidity through such auctions. Today’s Rs. 50 billion deposit absorption is also part of these ongoing liquidity management efforts.

    Banks can bid from a minimum of Rs. 10 crore up to the total invited amount, in increments divisible by Rs. 5 crore. The deposits placed at NRB under this instrument can also be used as collateral when borrowing from other banks and financial institutions.

    NRB will repay the principal and interest on these deposits on 5th Falgun, after the completion of the 86-day period. With loan demand remaining low and liquidity piling up in the banking system, this measure is considered an effective tool for stabilizing liquidity conditions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026